कर्णालीबाट बोले डा. केसी

‘सरकार माफियामुखि, माग पूरा नभएसम्म सत्याग्रह तोड्दिन’

+
-

काठमाडौँ–चिकित्सा शिक्षा विधेयकमा गरिएको परिमार्जनको विरोधमा जुम्लामा अनशनरत डा. गोविन्द केसीले आफ्ना माग जस्तोको जस्तै पूरा नभएसम्म आफ्नो सत्याग्रह नतोड्ने बताएका छन् ।

जुम्लाबाट अडियो सन्देश पठाउँदै शनिबार डा. केसीले सरकारले विभिन्‍न बहाना बनाएर आफ्नो सत्याग्रह तोडाउने प्रयास गरेको आरोप लगाए । उक्त सन्देशमाइतीघरदेखि बानेश्‍वरसम्‍म उनका समर्थकले गरेको प्रदर्शनपछि आयोजित कोणसभामा सुनाइएको थियो।

‘सरकार विभिन्न बहानाबाजी गरेर मलाई यहाँबाट उठाएर लैजाने र सत्याग्रह तोडाउने प्रयासमा छ’ जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. केसीले भने, ‘मेरो स्वास्थ्यका बारेमा चिन्ता भएकै हो भने माग पूरा गर ।’

डा. केसीले अहिलेको सरकार आफूलाई भोट दिएका जनताको हक हितमा लाग्नु पर्नेमा उनीहरुहको हित विरुद्ध लागेको बताए । उनले भने, ‘सरकार जनताको पक्षमा भन्दा पनि माफिया र डनको हित तथा पक्षमा लागेको छ । जनतामुखी चिकित्सा शिक्षा विधेयकमा तोडमोड गरेर माफिमुखि बनाइएको छ । मेरो यो सत्याग्रह त्यस विरुद्ध हो ।’

उनले अघि भने, ‘जबसम्म अध्यादेशमा तोडमोड नगरी जस्ताको तस्तै चिकित्सा शिक्षा विधेयक आउँदन तबसम्म मेरो सत्याग्रह रोकिँदैन । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तुरुन्त सञ्चालनमा आउनु पर्छ, भ्रष्टाचारीलाई कारवाही हुनु पर्छ, शिक्षामा राजीनिक भागबण्डा वा हस्तक्षेप हुनु हुँदैन ।’ आफ्ना माग पूरा भए सत्याग्रह रोक्ने डा. केसीले बताए ।

उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रहेका स्वास्थ्यकर्मीले आफ्नो ख्याल राम्रोसँग गरेको र उनीहरु सबै सेवाका लागि सक्षम रहेको भन्दै तत्काल सञ्चालनको माग गरे ।

सरकारको उदासिनताका कारण कर्णाली क्षेत्रका धेरै प्रतिभावान विद्यार्थी मेडिकल शिक्षा लिनबाट वञ्चित भएको र त्यसका कारण कर्णालीमा स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको उनको भनाई छ । आफू सक्षम सबै विद्यार्थीले पढ्न पाउने शिक्षाको पक्षमा रहेको उनले बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?