स्वास्थ्य वीमा कार्यक्रम सर्वसुलभ हुनुपर्छ: स्वास्थ्यमन्त्री गिरी

स्वास्थ्य वीमा कार्यक्रम सर्वसुलभ हुनुपर्छ: स्वास्थ्यमन्त्री गिरी
+
-

झापा – स्वास्थ्यमन्त्री पदम गिरीले नेपालको स्वास्थ्य अवस्था कहालीलाग्दो भएको बताएका छन्।

झापाको कनकाई नगरपालिकामा आइतबार एक सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री गिरीले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा नागरिकले अनुभूत गर्ने गरिको सुधार नगरे अहिलेको राज्य व्यवस्थामाथि नै खतरा उत्पन्न हुने बताए।

नागरिकले आफ्नो स्वास्थ्य उपचार गर्नुपर्दा धेरै पैसा खर्च गर्नुपरिरहेको अवस्थालाई सुधार नगरे जनतामा वितृष्णा बढ्ने उनले बताए।

उनले भने, ‘तपाईँहरूले मिडियामा आएका समाचार पढिरहनु भएकै छ। दुर्गम गाउँहरूमा त विरामी बोक्नका लागि स्ट्रेचर पनि छैन । सुत्केरीको अकालमा ज्यान गइरहेकै छ। यी ठूला समस्याबाट जनतालाई मुक्ति दिलाउनु छ।’

मन्त्रालयले अहिले स्वास्थ्य वीमा कार्यक्रमलाई कसरी जनतामाझ सर्वसुलभ बनाउने भन्ने बारेमा गृहकार्य गरिरहेको मन्त्री गिरीले जानकारी दिए।

उनले भने, ‘स्वास्थ्य वीमा कार्यक्रम सबै जनतामा पुग्नुपर्छ। वीमा कार्यक्रम जनताको घरदैलोमा कसरी पुर्याउन सकिन्छ भन्ने बारेमा हामी गरिरहेका छौँ।’

आफ्नो कार्यकालमा स्वास्थ्य वीमा कार्यक्रम सबै जनताको पहुँचमा पुर्याउने र सातै प्रदेशका प्रादेशिक अस्पतालहरूको क्षमता विस्तार गरिने मन्त्री गिरीले बताए।

मन्त्री गिरीले भने, ‘सात प्रदेशका कम्तीमा सातवटा अस्पताललाई गुणस्तरीय उपचार सेवा दिने अस्पतालका रुपमा विकास गर्न काम भइरहेको छ।’

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष