बुटवलमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड (तस्बिरसहित)

बुटवलमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड (तस्बिरसहित)
+
-

बुटवल– बुटवलमा चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ शुरु भएको छ। प्रतियोगिताको बिहीबार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले देवीनगरस्थित फिफा टेक्निकल सेन्टरको मैदानमा उद्घाटन गरे।

प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयले खेलकुदका माध्यमबाट बुटवलबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने गरी लाग्ने बताए।

उनले खेलाडी उत्पादनका लागि विद्यालय स्तरबाटै शुरुवात गर्नुपर्ने भन्दै विद्यालयतहमा खेलाडी उत्पादनका लागि सहकार्य गर्न बुटवल उपमहानगरपालिका सधैँ तयार रहेको बताए। उनले बुटवल ऐतिहासिक, औद्योगिक, पर्यटकीय नगरका रुपमा स्थापित भइसकेको बताउँदै खेलका माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न खेल क्षेत्रका सबैको साथ जरुरी रहेको बताए।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका हरि क्षेत्रीले जिल्लाको खेलकुदलाई स्तरीय बनाउनका लागि प्रतिबद्ध रहेको बताए।

प्रतियोगितामा सामुदायिकतर्फका १६ र संस्थागत तर्फका २२ गरी ३८ विद्यालयका विद्यार्थीको सहभागिता रहेको प्रतियोगिता संयोजक हरिप्रसाद श्रेष्ठले जानकारी दिए।

प्रतिगोगिताअन्तर्गत फिल्ड हाइजम्प, लङजम्प, त्रिपल जम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दोलगायत खेलमा ४ सय ९४ टिमका १ हजार ९१ विद्यार्थी सहभागी रहेको उनले बताए।

प्रतियोगितामा सहभागी हुने खेलाडीको सुरक्षालाई ध्यानमा राखेर सबै प्रतियोगी खेलाडीको एक महिनाको बिमा गर्ने प्रतियोगिताका सचिव प्रेमबहादुर बस्नेतले बताए।

उनका अनुसार प्रथम, द्वितिय र तृतीय हुने विद्यालयहरुलाई क्रमशः १५, १० र ५ हजार रुपैयाँ र नगद प्रदान गरिनेछ।

प्रतियोगिताको उद्घाटनका अवसरमा कालिका मानवज्ञान माध्यमिक विद्यालयले स्वागत पिटी प्रदर्शन, नवीन औद्योगिक कदरबहादुर रीता माध्यमिक विद्यालयले बहुसांस्कृतिक कार्यक्रमलगायत सांस्कृतिक कार्यक्रम देखाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?