लुम्बिनीमा राष्ट्रपति रनिङ शिल्डका लागि मिति र स्थान तय

लुम्बिनीमा राष्ट्रपति रनिङ शिल्डका लागि मिति र स्थान तय
+
-

बुटवल-राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि लुम्बिनी प्रदेशले मिति र स्थान तय गरेको छ ।

लुम्बिनी प्रदेश राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिको बिहीबार बुटवलमा बसेको बैठकले प्रदेश स्तरीय प्रतियोगिता यही फागुनको १९, २० र २१ गते रुपन्देहीमा गर्ने निर्णय गरेको हो ।

उक्त प्रतियोगिताको लागि केन्द्रमा फागुनको २४, २५ र २६ गते मिति तय भइसकेको छ ।

बैठकले यही फागुन १५ गते भित्रै सक्नेगरी जिल्लालाई निर्देशन गरिएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए ।

त्यस्तै बैठकले आवश्यक कार्यसम्पादनको लागि सदस्य सचिव भट्टराईलाई सबै जिम्मेवारी प्रदान गरेको छ ।

अघिल्लो वर्ष नेशनल च्याम्पियन बनेको लुम्बिनी प्रदेश यो वर्ष अझै बढी तयारीका साथ अगाडि बढिएको सदस्य सचिव भट्टराईले बताए ।

बैठकमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय खेलकुद महाशाखा प्रमुख मनोज गैरे, नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी बल नेपालका प्रतिनिधि, खेल संघका प्रतिनिधिहरु तथा मन्त्रालयका कर्मचारीहरु सहभागी थिए ।

सदस्य सचिव भट्टराईका अनुसार यो वर्ष प्रदेशका १२ वटै जिल्ला र अधिकांश पालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुँदैछन् ।

कक्षा १२ सम्म अध्ययन गर्ने र १८ वर्ष मुनिका बालबालिका सहभागी हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबलमा महिला/पुरुष, कवड्डीमा महिला/पुरुष, एथेलेटिक्स तथा मार्सल आर्टमा उसु, कराँते र तेक्वाण्डो गरी ६ विधाका प्रतियोगिता समावेश गरिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?