लुम्बिनीमा दानबापत सटही नभई थन्किएका विदेशी मुुद्रा सटही गरिने

लुम्बिनीमा दानबापत सटही नभई थन्किएका विदेशी मुुद्रा सटही गरिने
+
-

बुटवल – लुम्बिनीमा विदेशी पर्यटकबाट दानवापत संकलित विदेशी मुद्रा सटही गरिने भएको छ। लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई ९सिद्धिचरण०ले बिहीबार राष्ट्र बैक सिद्धार्थनगर रुपन्देहीका निर्देशक थानेश्वर आचार्यलाई ध्यानार्कषण पत्र बुुझाएसँगै लामो समयदेखि सटही नभएर कागज बराबर भएका विदेशी मुद्रा सटही गर्ने सहमति भएको हो।

नेपाल राष्ट्र बैंकको परिवर्तित विदेशी मुद्राको सूचीमा नपरेका देशका पर्यटकले भेटी र दानवापत लुम्बिनीमा चढाएको रकम लामो समयदेखि सटही हुन सकेको थिएन।

राष्ट्र बैंकले सटहीका लागि प्रक्रिया थाल्न लुम्बिनी विकास कोषलाई सहमती दिएसँगै आर्थिक वर्ष ०७१र०७२ देखि सटही हुन नसकेको १ करोड १७ लाख ९५ हजार बराबरको विदेशी मुद्रा सटहीको प्रक्रियामा गएको हो।

विभिन्न मूलूकबाट लुम्बिनी भ्रमणमा आएका पर्यटकले चढाएको भेटी रकम राष्ट्र बैंकको परिवर्तित विदेशी मुद्राको सूचीमा नपरेकै कारण सटही हुन नसकेको र आफूहरुको पटक पटकको अनुरोधपछि सटही हुने अवस्थामा आएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बताए।
‘राष्ट्र बैंकका गर्भनर महाप्रसाद शर्मा रुपन्देही आएको बेला भेटी वापतको रकम सटही नभएको कुरा राखेका थियौं, ध्यानाकर्षण पत्र पनि बुुझायौं, राष्ट्र बैंकले सटही गर्ने सैद्धान्तिक सहमति भएको छ’ कोषाध्यक्ष भट्टराईले भने । कोषले संकलित विभिन्न ३९ देशका विदेशी मुद्रा सटहीका लागि एक हप्ताभित्रमा राष्ट्र बैंक पठाउने उनले बताए ।

लुम्बिनीमा भेटी र दानवापत जम्मा भएको विदेशी मुद्रामा सबैभन्दा धेरै म्यानमारको छ। यस्तै, श्रीलंका, मेक्सिको, इराक, ब्रुनाई, लेवनान, पेरु, युगान्डा लगातका मुलुकको मुद्रा छ ।

परिवर्तित विदेशी मुद्राको सूचीमा नरहेका देशको मुद्रा भएकाले सटहीमा समस्या भएपनि अब आफुहरुले सटहीका लागि प्रक्रिया अघि बढाइने राष्ट्र बैंक सिद्धार्थनगर शाखाका उपनिर्देशक जीवन प्रकाश पाण्डेले बताए ।

कोषबाट आउने मुद्रालाई केन्द्रीय कार्यालय हुँदै राष्ट्र बैंकको सिंगापुरस्थित ऐजेन्सी बैंकमा मुद्रा सटहीका लागि पठाइने बताए । उनका अनुसार यो रकम सटही भएपछि ३ देखि ४ महिनाको अवधिमा लुम्बिनी विकास कोषको खातामा जम्मा हुनेछ।

राष्ट्र बैंकले च्यातिएका, बढी केरमेट भएका र रङ लागेका, टालेका, झुत्रो भएका नोट भने सटहीमा समस्या हुने भएकाले त्यस्ता नोट नपठाउन कोषलाई सुझाव दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?