‘चिकित्सा शिक्षा अध्यादेश आउँदैन, कांग्रेसले विरोध गर्नुको अर्थ छैन’

‘चिकित्सा शिक्षा अध्यादेश आउँदैन, कांग्रेसले विरोध गर्नुको अर्थ छैन’
+
-

काठमाडौँ – चिकित्सा शिक्षा अध्यादेश अब कुनै पनि हालतमा नआउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौँ ल्याउन हेलिकप्टर पठाएको जानकारी दिन बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले अध्यादेशकै आधारमा सरकारले संसदमा विधेयक लगेकाले अब अध्यादेशको अर्थ नरहेको बताए ।

उनले भने, ‘चिकित्सा शिक्षा अध्यादेश अब आउँदैन । कांग्रेसले अहिले विरोध गर्नुको कुनै अर्थ नै छैन । डा. केसीका अरु मागका बारेमा छलफल गर्न तयार छौँ र उहाँलाई काठमाडौँ ल्याएपछि त्यसमा खुल्ला छलफल हुनेछ ।

उनले माथेमा आयोगको मर्म अनुसार नै चिकित्सा शिक्षा विधेयक आएको दाबी पनि गरे । मन्त्री पोखरेलले भने, ‘संसदमा विधेयक गएको छ, आवश्यक परे त्यहिँ संशोधन हुनेछ ।’ उनले कुनै पनि ऐन बन्नका लागि विधि र प्रक्रिया पूरा गर्नु पर्ने भन्दै कार्यदलको प्रतिवेदन नै ऐन नबन्ने बताए ।

सरकारले जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई लिन बिहीबार बिहान हेलिकप्टर पठाएको उनले बताए । साथमा स्वास्थ्य विभागका महानिर्देशक डा. गुणराज लोहनीलाई पनि पठाइएको उनले जानकारी दिए ।

डा. केसी अनशनरत कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानले यनको उपचार अब आफूहरुले गर्न सक्ने अवस्थामा नरहेको बताए लगत्तै बुधबार राति बसेको नेकपाको आकश्मिक बैठकले डा. केसीलाई ल्याउने निर्णय गरेको थियो ।

पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले भने, ‘पहिले डा. केसीलाई बचाउनु पर्छ, सरकार त्यसका लागि प्रतिबद्ध छ । उहाँको स्वभाव कुरा बेग्लै होला तर बचाउनु हाम्रो कर्तव्य हो । जुम्लामा आइसियु छैन र मौसम खराब भएपछि उद्धार गर्न पनि सकिँदैन, त्यसैले आजै पठाएका छौँ ।’

डा. केसी काठमाडौँ आएमा संसदमा दर्ता भएको विधेयकका बारेमा छलफल गर्न सकिने उनले बताए ।

यस्तै मन्त्री पोखरेलले अस्पताल अब आन्दोलन वा अनशन स्थल बन्ने पनि बताए । शिक्षण अस्पतालको सेवा अवरुद्ध हुने अवस्था आउन नदिन अस्पतालका निर्देशकलाई भनेको पनि उनले बताएका छन् । डा. केसीको समर्थनमा डाक्टरहरुले बिहीबारदेखि देशभरका अस्पतालमा आकश्मिक बाहेकका सेवा ठप्प पार्ने गरी आन्दोलन थालेका छन् ।

जुम्लामा डा. केसीलाई रोक्ने तयारी


सरकारले हेलिकप्टर पठाए पनि जुम्लामा उनलाई काठमाडौँ ल्याउन नदिन तयारी भएको छ । सरकारले अपहरणको शैलीमा डा. केसीलाई लैजान लागेको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. केसीका समर्थक जम्मा भएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?