
काठमाडौँ – डा. गोविन्द केसीलाई काठमाडौँ ल्याउन भनेर जुम्ला गएको टोलीले उनका समर्थकसँग सहमति गर्ने प्रयास गरिरहेको छ ।
स्वास्थ्य विभागका महानिर्देशक तथा कर्णाली प्रदेशमा मुख्य मन्त्री महेन्द्र शाहीसहितको टोली जुम्ला पुगे पनि उनीहरुले डा. केसीलाई भेट्न पाएका छैनन् । डा. केसीका समर्थक र उनलाई काठमाडौँ ल्याउन भनेर गएको टोलीबिच सहमतिको प्रयास भइरहेको डा. विशद दाहालले जानकारी दिए ।
तर डा. केसीका समर्थकलले पहिले माग पूरा गर्नु पर्ने अनि मात्रै लैजान दिने अडान लिएका छन् । स्थानीय महिलासहित सर्वसाधारणले पनि प्रदर्शन गरेका छन् ।
तस्बिर : डा. विशद दाहाल