तिलोत्तमा गोल्डकपः हिमालयन शेर्पालाई हराउँदै थीस्टार सेमिफाइनलमा

तिलोत्तमा गोल्डकपः हिमालयन शेर्पालाई हराउँदै थीस्टार सेमिफाइनलमा
+
-

बुटवल – बुटवलमा जारी २२औँ संस्करणको तिलोत्तमा गोल्डकपको दोस्रो खेलमा थ्री स्टार क्लब विजयी भएको छ।

शनिबारदेखि सुरु भएको गोल्डकपमा हिमालयन शेर्पा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दे थ्री स्टार विजयी भएको हो। जितसँगै थ्री स्टार सेमिफाइनल प्रवेश गरेको छ।

दोस्रो हाफको ३८ मिनेटमा १८ नम्बर जर्सीका खेलाडी दिपेश गुरुङले गरेको गोल नै निर्णायक बनेको थियो। यसअघि शनिबार भएको खेलमा सुदूरपश्चिम–११ विजयी भएको थियो।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र रूपन्देही जिल्ला फुटबल संघको आयोजनामा एन्फा टेक्निकल सेन्टर देवीनगरमा चलिरहेको तिलोत्तमा गोल्डकपमा दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउने छ। उपविजेताले पाँच लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने आयोजक रूपन्देही फुटबल संघका अध्यक्ष लोक पुनले जानकारी दिए।

यस्तै, प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’लाई पनि ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघका महासचिव हिमाल गौचनले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?