थीस्टारलाई हराउँदै सुदूरपश्चिम–११ तिलोत्तमा गोल्डकपको फाइनलमा (तस्बिरसहित)

थीस्टारलाई हराउँदै सुदूरपश्चिम–११ तिलोत्तमा गोल्डकपको फाइनलमा (तस्बिरसहित)
+
-

बुटवल – सुदूरपश्चिम–११ थ्रीस्टार क्लबलाई स्तब्ध पार्दै बुटवलमा जारी तिलोत्तमा गोल्डकपको फाइनलमा पुगेको छ। बुधबार भएको पहिलो सेमिफाइनल खेलमा थ्री स्टार क्लबलाई सुदूरपश्चिमले १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा आक्रामक भएका दुवै टोलीले पटक पटक पोष्ट चार्ज गरे पनि गोल हुन सकेका थिएनन्।

खेलको ८६अ‍ौँ मिनेटमा फागुराम थारूले गरेको उत्कृष्ट प्रहारले सुदूरपश्चिम–११ ले फाइनलको यात्रा तय गरेको हो। भोलि बिहीबार मनाङ मर्स्याङदी र फ्रेण्ड्स क्लबबीच फाइनलका लागि प्रतिस्पर्धा हुनेछ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र रूपन्देही फुटबल संघको आयोजनामा सञ्चालित प्रतियोगिताअन्तर्गत बिहीबार मनाङ मर्स्याङदी र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ।

सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ र एक थान मोटरसाइकल पुरस्कार पाउँदा उत्कृष्ट फरवार्ड, गोल रक्षक, मिड फिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजक रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुनले बताए।

त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने संघका महासचिव हिमाल गौचनले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?