साप्ताहिक कोरोना विश्लेषण

लुकेर बसेका संक्रमण पत्ता लगाउनु जरुरी छ

लुकेर बसेका संक्रमण पत्ता लगाउनु जरुरी छ
+
-

पछिल्लो समय दक्षिण एसियाली देशमा कोरोना संक्रमण बढ्ने क्रम जारी छ भने अन्यत्र यसको प्रभाव क्रमशः न्यून हुँदै गएको छ।

अमेरिका, युरोपलगायत विश्वका अधिकांश क्षेत्रमा कोरोना संक्रमण निकै कम देखिएको छ। पछिल्लो समय दक्षिण एसियाजस्तै दक्षिण पूर्वी युरोप अर्थात् इस्टर्न मेडिटिर्यनियन क्षेत्रमा पनि कोरोना संक्रमण केही बढ्न खोजेको देखिन्छ तर दक्षिण एसियाभन्दा धेरै कम।

विश्वमा कोरोना प्यान्डेमिक तलमाथि हुने क्रममा दक्षिण एसियाको पछिल्लो दुई महिना,फेब्रुअरी १३ देखि अप्रिल १० (५७ दिन) कोकोरोना प्यान्डेमिकसम्बन्धी तथ्यांकको विश्लेषण चित्र न. १मा देखाइएको छ। पछिल्लो दुई महिनामा दक्षिण एसियामा कुल कोरोना संक्रमण संख्या, चित्रमा देखाइएजस्तै, निरन्तर उकालो लाग्दै गएको देखिन्छ र दैनिक संक्रमण संख्या ६००० नाघेको छ जुन दुई महिनाअघि  २ सय हाराहारीमा थियो।

त्यस्तै पछिल्लो समय दक्षिण एसियामा दैनिक कुल मृत्युको प्रबृत्ति पनि केही बढ्न खोजेको देखिन्छ, हाल यो संख्या १२-१७ पुगेको छ जुन दुई महिनाअघि २-३ मात्रै थियो।

नेपालको दैनिक नया संक्रमण

सन् २०२३ अप्रिल ९ देखि १५ (बि.सं २०७९ चैत्र २६ देखि २०८० वैशाख २) जम्मा ७ दिनको नेपालभरिको दैनिक परीक्षण र नयाँ संक्रमणको प्रबृत्ति चित्र न. २ मा प्रस्तुत गरिएको छ। यस लेखमा पीसीआर परीक्षणलाई मात्रै गन्ती गरिएको छ। नेपाल सरकारबाट प्राप्त तथ्यांक हेर्ने हो भने गत हप्ताको सात दिन, २०८० वैशाख २ गते शनिबारसम्म, देशभरि जम्मा ३७८ जना नयाँ संक्रमित थपिई जम्मा संक्रमितको संख्या १००२१२८ पुगेको छ। यसरी नेपालमा ८ हप्तादेखि साप्ताहिक संक्रमण संख्या क्रमशः बढ्दै गई ७ बाट ९, १२,१९,२७,१७७र३६६हुँदै गत हप्ता ३७८ पुगेको छ।

त्यस्तै चित्र न. २ ले नेपालको गत हप्ताको दैनिक कोरोना संक्रमण दरको प्रबृत्ति पनि देखाएको छ। गत हप्ता दैनिक संक्रमण दर अर्थात् पोजिटिभिटी दर न्यूनतम ७.४५% देखि अधिकतम १७.२६% सम्म रही साताभरिको औसत पोजिटिभिटी दर ११.९८% पुगेको छ जुन दुई हप्ताअघि १९.३३% थियो।

दुई महिनादेखि नेपालमा संक्रमण संख्याका साथै दैनिक संक्रमण दर पनि केही तल–माथिबाहेक क्रमशः वृद्धि हुँदै जाने क्रम जारी छ। स्मरण रहोस् WHO का अनुसार दैनिक संक्रमण दर ५% भन्दा माथि रहे समुदायमा कोरोना संक्रमण अनियन्त्रित भई फैलिएको भन्ने बुझिन्छ।

गत हप्ता नेपालमा २ जना कोरोना मृत्यु भेटियो र हालसम्म देशको कुल कोरोना मृत्यु १२०२२  पुगेको छ। स्मरण रहोस् नेपालमा अन्तिम कोरोना मृत्यु २०७९ साल पुस २३ गते शनिबार १ जना भेटिएको थियो र तत्पश्चात ३ महिनाभन्दा लामो समयदेखि कोरोना मृत्यु नेपालमा भेटिएको थिएन।

गत हप्ता देशभरि जम्मा २८८८ पीसीआर परीक्षण गरियो जुन संख्या दुई हप्ताअघि १८५५ थियो।

संक्षेपमा, हाल दक्षिण एसियामा कोरोना संक्रमण बढ्ने क्रम जारी छ जुन दुई महिनाअघि सुरु भएको थियो।

नेपालमा पनि गत हप्ता, बि.सं २०७९ चैत २६ देखि २०८० वैशाख २, साप्ताहिक नयाँ कोरोना संक्रमण संख्या बढ्ने क्रम जारी नै रह्यो। गत हप्ता औसत संक्रमण दरमा केही कमी देखिए पनि संक्रमण संख्या बढी नै देखिन्छ । गत हप्ता परीक्षण धेरै गरिएको हुनाले पनि संक्रमण संख्या बढेको हो। तसर्थ प्रशस्त परीक्षण गरी लुकेर बसेका संक्रमण पत्ता लगाउनु जरुरी छ।

स्मरण रहोस्, पछिल्लो समय कोरोना संक्रमणमा विश्वब्यापी र देशब्यापी निकै कमी आइसके पनि उन्मूलन भने भइसकेको छैन।

प्यान्डेमिककालमा कोरोना संक्रमण कहाँ र कसरी बढ्छ त्यसको कुनै निश्चित अड्कल छैन जुन कुरा हाल विश्वका विभिन्न देशमा चलिरहेको पछिल्लो लहरले पनि पुष्टि गर्छ। तसर्थ कोरोना संक्रमण घटेको छ भन्दैमा होसियारी र सतर्कता नअपनाउनु ठूलो गल्ती साबित हुन सक्छ।

तथ्यांकले जेसुकै देखाए पनि प्यान्डेमिकको यथार्थलाई एक पटक फेरि आत्मसात् गर्नुपर्ने बेला आएको छ। हरेक व्यक्तिले भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, हात राम्ररी धुने, अनाबश्यक भीडभाड नगर्ने आदि साबधानीका कुरा कडाइसाथ अपनाउनुपर्ने देखिन्छ। पछिल्लो समय अन्य देशमा संक्रमण फेरि बढ्ने प्रबृत्ति देखिएको बेला नेपालमा पनि त्यसो नहोला भन्न सकिन्न।

यस लेख नेपालमा साप्ताहिक रुपमा प्यान्डेमिक हेर्ने ऐनाको  रुपमा प्रस्तुत  गरिएको छ। यसमा नेपाल र विश्वमा प्यान्डेमिकबारे तथ्यांकले जे देखाउँछ त्यही कुरालाई सरल रुपमा प्रस्तुत गरिएको छ। प्रस्तुत गरिएका कुरालाई कसरी बुझ्ने र लिने आ-आफ्नो बुझाइ हो। जे भए पनि प्यान्डेमिकबिरुद्धको हाम्रो लडाइँ जारी छ, होशियारीपूर्बक यसको सामना गर्नु नै बुद्धिमानी हुनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?