
भद्रपुर-नेपाल तरुण दल जिल्ला कार्य समिति झापाले डा. गोविन्द केसीको समर्थनमा काठमाडौमा शनिबार नेपाल तरुण दल केन्द्रीय कार्य समितिले निकालेको जुलुसमा प्रहरीले गरेको दमनको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाएको छ।
डा. गोविन्द केसीको माग पूरा गर्नुपर्ने, चर्को मूल्य वृद्धि फिर्ता लिनुपर्ने लगायतको विषयमा शनिबार निकालिएको जुलुसमा प्रहरीले हस्तक्षेप गर्दा नेपाल तरुण तलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत लगायत अन्य कार्यकर्ता घाइते भएका थिए।
जिल्ला प्रसासन कार्यालय झापा अगाडि कोण सभा गर्दै तरुण दलका कार्यकर्तामाथि हातपात गर्नु निन्दनीय कार्य रहेको भन्दै चिकित्सा शिक्षा विधेयक पुरानै अवस्थामा पारित गर्नुपर्ने, इन्टरनेटमा लगाइएको १३ प्रतिशत कर खारेज गर्नुपर्ने, चर्को मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, संविधानको धारा ९१ को पालना गर्नुपर्ने लगायतको माग राखी आइतबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र समेत बुझाएको छ।
जिल्ला कार्यसमितिका अध्यक्ष गोपाल तामाङको अध्यक्षतामा भएको कोण सभामा नविसंघका केन्द्रीय सदस्य सन्तोष उप्रेती, तरुण दलका पूर्व अध्यक्ष भूमिराज राई, तरुण दलका केन्द्रीय सदस्य मदन बुढाथोकी लगायतले कोण सभालाई सम्बोधन गरेका थिए।