सम्पादकीय

राजीनामा हैन, बर्खास्तगी

राजीनामा हैन, बर्खास्तगी
+
-

‘चिकित्सा उद्योग’ अभियन्ता दुर्गा प्रसाई र कानुन मन्त्री शेरबहादुर तामाङ अहिले एउटा आक्रोशको भुमरीमा छन् ।

बंगलादेशमा चिकित्साशास्त्र अध्ययन गर्न गएका नेपाली महिला विद्यार्थीहरुबारे अपमानजनक, अमर्यादित र आपत्तिजनक अनि सम्पूर्ण रुपमा गैरजवाफदेहीपूर्ण रुपमा आएका यी दुई व्यक्तिहरुको अभिव्यक्ति निन्दनीय मात्र हैन, आपराधिक नियतबाट निर्देशित छ ।

यसले बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरु र तिनका परिवार मात्र हैन समग्र मुलुक र नेपाली जातीलाई अपमानित गरेको छ, कलंकित गरेको छ ।

प्रधानमन्त्री केपी ओलीले नेपालीहरुको त्यो अपमानप्रति न्युनतम संवेदनशीलता देखाई मन्त्री तामाङलाई राजीनामा दिन लगाएर हैन, बर्खास्त गरेर दण्डित गर्छन् कि गर्दैनन्, त्यो प्रतिक्षामा मुलुक छ ।

दुर्गा प्रसाईसँग प्रधानमन्त्रीको पारिवारिक या के कस्तो सम्बन्ध छ, त्यो तामाङको भन्दा अलग प्रसंग हो । तर, यहाँ प्रत्यक्ष रुपमा प्रसाईको व्यापारलाई फाइदा पुर्‍याउन मन्त्री तामाङले डा. गोविन्द केसीलाई विद्यार्थीहरु बंगलादेश पठाउन अनशन गरेको अर्थ लाग्ने गरी उनलाई निकृष्ट रुपमा प्रस्तुत गर्न यी दुईले अभिव्यक्ति दिएको बुझ्न कठीन छैन ।

त्यो आपत्तिजनक र नियोजित अभियान अन्तर्गत आम नेपालीहरुको सम्मान र छबीमा चोट पुग्ने गरी अभियव्यक्ति दिने मन्त्रीलाई प्रधानमन्त्रीले उन्मुक्ति दिए पनि आम नागरिकले तामाङलाई दण्ड माफी दिने छैनन् ।

मन्त्रीसँगै दुर्गा प्रसाई पनि दण्डका भागिदार बनेका छन् । सरकारले उनलाई दण्ड नदिए जनतामा सरकारप्रति र त्यसका वर्तमान मुखियाप्रति वितृष्णा जाग्ने छ।

प्रधानमन्त्री भएकै आधारमा ओलीमा सबै खालका अपराध गर्नेहरुलाई माफी दिने शक्ति निहित छैन।

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’