भनिन्छ, विज्ञान अभिशाप नभइ वरदान हो र यही भनाईलाई प्रमाणित गरेर देखाएका छन् विज्ञान प्रविधिलाई नै आफ्नो जीवन जिउने साहारा मानेर अनवरत रुपमा नयाँ नयाँ खोज र अनुसन्धान गर्दै आएका वैज्ञानिक मुनिबहादुर शाक्यले। अंग्रेजी भाषाको कम्प्युटलाई देवनागरी लिपीमा क ख पढाउन समेत सफल भए। उनले पढाएको क ख नै पछि गएर ‘देवनागरी कम्प्युटर’को नामले चर्चित भयो। त्यो बेला आफ्नै हातले बनाएको ‘देवनागरी कम्प्युटर’ चर्चामा आए पनि अहिले भने एउटा गोदाममा थन्किएर बसेको छ।
प्रस्तोता- सहदेव चौधरी
क्यामेरा/सम्पादन- झरना राई