रोकिएन सुन तस्करी

त्रिभुवन विमानस्थलबाट ३ किलो अवैध सुनसहित ५ भारतीय पक्राउ

त्रिभुवन विमानस्थलबाट ३ किलो अवैध सुनसहित ५ भारतीय पक्राउ
+
-

काठमाडौँ – प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन किलो भन्दा बढी अवैध सुनसहित छुट्टाछुट्टै घटनामा पाँचजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले थाइ एयरलाइन्सको फ्लाइट नम्बर ३१९ को उडानमा बैंककबाट काठमाडौँ आएका भारतको दिल्लीका ३९ वर्षे ईश्वर दास, ४० वर्षे हर्मिन्दर बबेजा, ३४ वर्षका अमृत पाल सिंह र ३१ व्र्षका अवतार सिंहलाई पक्राउ गरेको हो ।

उनीहरुले सुटकेसको पाङ्ग्रामा लुकाएर दुई किलो ७०९ ग्राम सुन ल्याएका थिए । प्रहरीले सुन पनि बरामद गरेको छ ।

यस्तै नेपाल एयरलाइन्सको विमानमा दुबईबाट काठमाडौँ आएका भारतको मुम्बईका ३० वर्षे रिज्वान अब्दुल रज्जाकलाई पनि प्रहरीले अवैध सुनसहित पक्राउ गरेको छ ।

उनले आफ्नो पाइन्टमा लुकाएर ल्याएको ३४८ ग्राम सुन प्रहरीले बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?