मुस्ताङ कति शान्तिपूर्ण,वर्षभरी केवल १२ फौजदारी मुद्धा

+
-

काठमाडौँ – जनसंख्याको हिसाबले देशकै सबैभन्दा सानो जिल्ला मुस्ताङमा आर्थिक वर्ष ०७४/७५ मा केवल १२ वटा फौजदारी मुद्धा दर्ता भए। जिल्ला प्रहरी कार्यालय,मुस्ताङको तथ्यांक अनुसार गत आर्थिक वर्षमा जिल्लाभर तीनवटा बलात्कार र तीनवटा बलात्कार प्रयासका घटना भए।

लागुऔषध,सवारी ज्यान र गौबधमा एकएक वटा मुद्धा दर्ता भए। तीनवटा मुद्धा सार्वजनिक अपराधका थिए। भवितव्य ज्यानका ११ र आत्महत्याका तीनवटा घटना भए। हिमालपारीका दुई जिल्लामध्येको एक मुस्ताङ भौगोलिकरुपमा विकट मानिन्छ।

मुस्ताङ जिल्लामा किन यति थोरै फौजदारी मुद्धा ? मुस्ताङ के निकै शान्तिपूर्ण हो ? मुस्ताङका जिल्ला प्रहरी प्रमुख डीएसपी महेन्द्र खड्का जनसंख्या थोरै हुनु,भोगोलिकरुपमा विकट हुनु र धेरै विषय स्थानीयस्तरमा मिल्ने हुँदा प्रहरीमा दर्ता हुने मुद्धाको संख्या कम भएको बताउँछन्।

‘ जिल्लामा सडक भर्खरै पुगेको हो। धेरै ठाउँ सडक सन्जालमा जोडिन सकेका छैनन्। गाउँ गाउँमा मुखिया हुने भएकाले सामान्य विवादहरु प्रहरीसम्म आईपुग्दैनन’,डीएसपी खड्का भन्छन्। १२/१३ हजार जनसंख्या भएको मुस्ताङमा मुद्धा दर्ता गर्न जोमसोमस्थित जिल्ला प्रहरी कार्यालयमै आईपुग्नुपर्छ।

प्रहरीका अनुसार गत आर्थिक वर्ष दर्ता भएका फौजदारी मुद्धामा १४ जना पक्राउ परे र ती सबै पुरुष थिए। यी घटनामा कोही पनि फरार छैनन्। आर्थिक वर्ष ०७२/७३ मा २० वटा र ०७३/७४ मा २८ वटा मुद्धा दर्ता भएका थिए। यसमा भवितव्य ज्यान र आत्महत्याका घटना पनि समावेश छन्।

काठमाडौँमा मात्र गत आर्थिक वर्षमा विभिन्न शिर्षकमा गरी ६ हजार ८ सय ४१ मुद्धा दर्ता भएका थिए। यी मुद्धामा ९ हजार एक सय दुईजना पक्राउ परेको र ६ सय ९२ जना फरार रहेको काठमाडौँ प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?