लिटल मिस हेरिटेज जुनियर र सिनियर विजेता पोखरा भ्रमणमा

फेवातालमा रमाउँदै प्रशंसा र सारिका

फेवातालमा रमाउँदै प्रशंसा र सारिका
+
-

पोखरा- यही श्रावण ५ गते शनिबार काठमाडौमा सम्पन्‍न लिटल हेरिटेजको जुनियर र सिनिय विजेता सारिका प्रजापति र प्रशंसा रायमाझी यतिबेला पोखराको फेवातालमा रमाइरहेका छन्।

जेनिथ इन्टरटेइनमेन्टको आयोजनामा सम्पन्न लिटल मिस हेरिटेज सिजन १ को उपाधि विजेता बनेपछि उनीहरु पोखरा घुम्न आएका हुन्।

सिनियर विजेता प्रशंसा रायमाझि १३ देखि १६ उमेर समुहबाट विजेता बनेकी हुन्। भने जुनियर विजेता सारीका प्रजापति ६ देखि १२ वर्ष उमेर समुहबाट विजेता बनेकी हुन्।

‘विजेताको ताज पहिरिएपछि एक प्रकारको खुशीले मन त्यसै दङ्ग थियो। त्यही खुसी  पोखराको सुन्दरताले थप रमाइलो बनाइरहेको छ’ डुंगामाथि हँसिलो अनुहारमा रहेकी सिनियर विजेता प्रशंसा रायमाझिले भनिन्। छेऊमै रहेकी सारीका पनि मुस्कुराँउदै थपिन्।

‘प्रतियोगितामा भाग लिन विभिन्न चरणको तालिमले नयाँ कुराहरुको सिकायो र विजेता बन्न अवसर पनि मिल्यो। त्यहि अवसरले फेरी सुन्दर पोखरा घुम्ने अर्को राम्रो अवसर पनि जुराइदियो।’

यी दुई साना सुन्दरीहरुले पोखरामा हेरेर नथाक्ने सुन्दरता रहेको बताए। फेवातालमा डुंगा सयर गर्दै बाराहि मन्दिरको दर्शन, शान्ति स्तुपा र सराङ्गकोटबाट सुर्योदयको दृश्य कैद गर्न आतुर रहेको बताए।

लिटल हेरिटेजमा भाग लिए सँगै बढेको आत्मविश्वासलाई निरन्तर अगाडि बढाउने सोचमा छन् साना दुई सुन्दरीहरु। दुबैले भविष्यमा मिस नेपालमा भाग लिने चाहाना राखेका छन्।

सिनियर विजेता प्रशंसा भन्छिन्, ‘ब्युटी प्याजेन्टमा भाग लिएपछि ‘मिस नेपालको बन्ने ड्रिम स्वतः आउँछ ’ उनले पूर्व मिस नेपाल नितिका चन्दक र इशानी श्रेष्ठबाट आफु निकै प्रेरित भएको बताइन्।

कुलेश्वर आवासिय इङ्गलिस स्कुलमा कक्षा १० मा अध्ययरत प्रशंसा स्कुलका अतिरिक्ति क्रियाकलापको सहभागिताले पनि लिटिल हेरिटेजमा भाग लिन प्रेरणा मिलेको बताइन्।

उनले भनिन्– ‘पहिलो प्रतियोगीताको टाइटल लिटल हेरिटेज पहिरिए पछि देशको प्राकृतिक, ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको बारेमा बुझ्ने रुची झनै बढेको छ, भविष्यमा हेरिटेजको संरक्षणमा जुट्ने छु।’ उनले सुन्दरी प्रतियोगितालाई सकारात्मक रुपमा लिनु पर्ने बताईन्।

‘झट्ट हेर्दा बाहिरी सुन्दरतासँग मात्र देखिन्छ तर बौद्धिकताका धेरै कुरा यस प्रतियोगितामा जोडिन्छन्। जसले सहभागिको आत्मविश्वसार र ज्ञानलाई बढाउँछ।’ विजेता बन्नु सेलेब्रेटि बन्नु मात्र नभइ एउटा जिम्मेवारी पनि थपिनु हो भन्छिन् उनी।

‘आफ्नो क्षेत्रबाट राष्ट्रलाई योगदान दिने काम गर्नु पर्ने उनको धारणा छ। साथमा रहेकी दिदि रचना रायमाझि र परिवारको सदस्यको साथले थप ऊर्जा मिलेको उनको बताइन्।

त्यस्तै अनुभव सुनाउँछिन जुनियर विजेता सारिका प्रजापति। एभरेष्ट इङ्गलिस बोडिङ्ग स्कुलमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया सारिका उपाधिले सफलताको एउटा खुड्किलो चढ्न सिकाएको बताउँछिन् ‘ प्रतियोगितामा भाग लिएपछि थाहा पाएँ। जीवनमा सिक्नु पर्ने र जान्नु पर्ने धेरै कुरा रहेछन्।’

सबै भन्दा महत्वपूर्ण कुरा त आत्मविश्वासको साथ बोल्न सक्ने भए। आत्मविश्वासले निडर र निर्भिक रुपमा च्यालेन्जहरु फेस गर्न सिकाउने उनको भनाई छ। भविष्यमा मिस नेपालमा भाग लिने सोच सारिकाको पनि छ। मिस युनिर्भसल नग्मा श्रेष्ठबाट आफु प्रेरित भएको बताउँछिन्।

पोखराको घुमाईले आफुहरुलाई रिफ्रेसमेन्ट भइरहेको बताउने दुई साना सुन्दरीहरुले सांस्कृतिक एव प्राकृतिक ठाउँहरुको दृश्वावलोकन आँखाभरी कैद गरेर बिहीबार काठमाडौ फर्कने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?