डा. केसीको सत्याग्रह २७ औँ दिनमा : सहमतिको प्रयास हुँदै, नाजुक स्वास्थ्य अवस्था

डा. केसीको सत्याग्रह २७ औँ दिनमा : सहमतिको प्रयास हुँदै, नाजुक स्वास्थ्य अवस्था
+
-

काठमाडौँ – चिकित्सा शिक्षामा सुधारको माग गर्दै डा. गोविन्द केसीले १५ औँ पटक सुरु गरेको सत्याग्रह २७ औँ दिनमा लागेको छ ।

जुम्लाबाट सुरुभएको डा. केसीको यसपटकको सत्याग्रह लम्बिँदै गएको छ । गएको बिहीबार स्वास्थ्यमा जटिलता देखिएको भन्दै सरकारको जोडबलमा केसीलाई जुम्लाबाट काठमाडौँ ल्याइएको छ । अहिले उनी त्रिवि शिक्षण अस्पतालमा अनशनरत छन् ।

सहमति जुटाउनका लागि पछिल्लो केही दिनदेखि सक्रियता बढेको छ । सरकारी र डा. केसी पक्षको वार्ता टोलीबिच मंगलबार र बुधबार वार्ता भयो । दुवै वार्तामा केही कुरामा सहमति भए पनि केही कुरा मिल्न सकेको छैन । डा. केसी पक्षले नयाँ माग ल्याउन थालेको सरकारी पक्षले आरोप लगएको छ भने डा. केसी पक्षले सरकार गम्भीर नदेखिएको बताएका छन् ।

बुधबार पनि वार्ता निष्कर्षमा लगेर डा. केसीको अनशन तोडाउने प्रयास असफल भएको छ । बिहानैदेखि विभिन्न पक्षसँगको छलफल र त्यसपछि वार्ता टोलीबिचको वार्तामा सहमति जुट्न सकेन । बिहीबार पनि वार्ताको तयारी छ । अनशन लम्बिँदै जाँदा डा. केसीको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।

डा. केसी यसअघि सबैभन्दा लामो समय अनशन बसेको भनेको २३ दिन थियो, अहिले त्यो भन्दा चार दिन बढी भइसकेको छ । तर पनि वार्ताले सहमतिको आकार लिन सकेको छैन ।

नेपालमा अनशनको इतिहास हेर्ने हो भने लामो समय अनशन बस्ने गोरखाका नन्दप्रसाद अधिकारी हुन् । छोराका हत्यारालाई कारवाहीको माग गर्दै अनशन बसेका उनको २०७१ असोज ६ गते अनशनको ३३१ औँ दिनमा निधन भएको थियो ।

उनकी श्रीमती गंगामायाले पटक पटक अनशन बस्दै आएकी छन् । उनले पछिल्लो पटक ४७ औँ दिनमा अनशन तोडेकी थिइन् । राजनीतिक नेता तर्फ लामो समय अनशन बस्ने विपी कोइराला हुन् । उनले राणा शासनको विरोधमा २९ दिन अनशन बसेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?