
सिमकोट – गर्भवती महिलाले समय पुुगेपछि संस्थागत रूपमा सुत्केरी गराउने महिलालाई उपहारका रुपमा कोसेली प्रदान गरिएको छ। घरघरमा सुत्केरी गराउने प्रचलन हटाउन र सुुत्केरी आमा तथा नवजात शिशुको पोषणमा सुधार ल्याउन पौष्टिक तत्वयुक्त खानेकुरा र सरसफाइका सामग्री राखी कोसेली उपहार दिईएको हो।
सिमकोट गाउँपालिका स्वास्थ्य शाखाकी स्वास्थ्यकर्मी मनमाया अली शाहीले साउनदेखि जेठ मसान्तसम्म सिमकोट गाउँपालिकाका १९९ जना सुत्केरी महिलालाई कोसेली उपहार प्रदान गरिएको बताइन्।
पोषणयुक्त खानेकुराका साथै सरसफाइका सामान पनि प्रदान गरिएका हुन्। सुत्केरी र नवजात शिशुुको पोषणमा सुधार ल्याउने खाने कुरा राखिएको कोसेली उपहार प्रदान गरिएको हो। उनले सुुत्केरीको पोषणको अवस्था दयनीय भएका कारण त्यसलाई सुधार ल्याउन, सुत्केरी भएकी महिलाले पोषणयुक्त खानेकुरा खाना सिक्न, स्वास्थ्य चौकीमा रहेका प्रसूतिगृहमा संस्थागत सुत्केरी गराउने संख्या वृद्धि गर्न कोसेली उपहार दिइएको जानकारी दिइन्।
गाउँपालिकाका ठेहे, बरगाउँ, डाँडाफया, स्याडा स्वास्थ्य चौकीका साथै जिल्ला अस्पतालमा सिमकोटकी गर्भवती महिला सुत्केरी भए यो उपहार दिने गरिन्छ। जसमा स्थानीय मार्सी चामल, घ्यूू, अण्डा, खानेतेल, लुुगा धुने र नुुहाउने साबुन, तौलिया, मञ्जन ब्रस, पेन्टी र नेलकटर छन्।
सिमकोट गाउँपालिकाले वार्षिक कार्यक्रम नै तर्जुमा गरेर गाउँपालिका अध्यक्ष उपाध्यक्ष ल्याउँदै छन् कोसेली, गर्भवती सुत्केरीको हातहातमा पोषण थैली कार्यक्रम ल्याएको हो। यो कार्यक्रम सिमकोट गाउँपालिकाका आठ वटै वडामा लागू भएको र सुत्केरीलाई यो उपहार वितरण गर्दै आएको छ।