सर्पले टोकेपछि उपचार केन्द्रसम्म आइपुग्नुअघि के गर्ने ? (भिडियाे)

सर्पले टोकेपछि उपचार केन्द्रसम्म आइपुग्नुअघि के गर्ने ? (भिडियाे)
+
-

गर्मीको मौसम छ। विशेषगरी तराईका क्षेत्रमा यतिबेला सर्पदंश उपचार केन्द्रमा सर्पले टोकेका बिरामीको चाप लाग्ने गर्छ। समयमा उपचार केन्द्रसम्म नआइपुग्दा कतिपयको ज्यान नै जाने गरेको छ।

गर्मी तथा वर्षाको बेलामा जताततै पानी भएको अवस्थामा सर्प प्वालबाट बाहिर निस्किने गर्छन्। मान्छेले सर्पलाई टेक्दा वा सर्पले असुरक्षित महसुस गरे मानिसलाई डस्ने गर्दछ।

तर सर्पले डसेपछि के गर्ने/के नगर्ने भन्ने मानिसलाई अझै पनि अन्योल छ। कतिपयले गर्नै नहुने काम गरेर सर्पदंश उपचार केन्द्रसम्म पुग्छन्। पछि स्वास्थ्यमा थप जटिलता उत्पन्न हुने गर्छ। कतिपयको अंग नै काटेर फाल्नुपर्ने अवस्था आउनसक्ने उपचार खटिएका प्राविधिक बताउँछन्।

कनकाई नगरपालिकामा सञ्चालित कनकाई सहारा सर्पदंश उपचार केन्द्रका प्राविधिक अभिषेक पोखरेलका अनुसार सर्पले टोकेका ठाउँमा रगत सञ्चालन नै बन्द हुनेगरी रबर तथा तारले बाँध्नु हुँदैन। त्यसले रगत सञ्चालन हुन नदिएर बाँधेको अंग नै मर्न जान्छ।

पोखरेल भन्छन्, ‘सर्पले टोकेपछि मान्छे धेरै आत्तिन्छन्। आत्तिनु भएन। सर्पले टोकेको ठाउँमा राम्ररी ब्यान्डेजले बाँध्नुपर्छ।’

उनका अनुसार सर्पले टोकेपछि बिरामीलाई पानी वा अन्य खानेकुरा दिनु हुँदैन। त्यसो गर्दा बेहोस भएको खण्डमा खाएको खानेकुरा फोक्सोमा जाने सम्भावना हुन्छ र थप जटिलता आउन सक्छ।

‘सर्पले टोकेको अंग नहल्लाइ राख्नपर्छ। धेरै हलचल नगरी उपचार केन्द्रसम्म आइपुग्नुपर्छ’, अभिषेकले भने।

सर्पले टोकेपछि जतिसक्दो चाँडो उपचार केन्द्रमै आइपुग्ने व्यवस्था गर्दा उत्तम हुने उनको भनाइ छ।

हेर्नूहोस् भिडियाे:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष