
देश सञ्चार
असार १५, २०८०
अ
+
अ
अ
-
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा विश्वासको मत पाएनन्।शुक्रबार संसदबाट विश्वासको मत लिने क्रममा कुल ९३ मतमध्ये ८९ जनाको उपस्थितमा ४६ मत पाएका कार्कीले विश्वासको मत नपाएका हुन्। उनको विपक्षमा ४३ मत खसेको थियो भने दिन्न भन्नेको संख्या शून्य रहेको थियो।

