आर्मी अफिसर्स क्लब ‘पब्लिक’ लाई बन्द !

आर्मी अफिसर्स क्लब ‘पब्लिक’ लाई बन्द !
+
-

काठमाडौँ –  व्यापारिक क्षेत्रमा हात हाल्न थालेपछि आलोचित बनेको  नेपाल आर्मीले आर्मी अफिसर्स क्लब ‘पब्लिक’ का लागि बन्द गर्ने तयारी गरेको छ। आर्मीले भदौ १ गतेदेखि लागु हुने गरी उक्त निर्णय गरेको हो।

वर्तमान प्रधान सेनापति राजेन्द्र क्षत्रीले कार्यकाल सकिन लाग्दा यस्तो निर्णय गरेका हुन्। भद्राकालीस्थित सैनिक मुख्यालयको परिसरमै रहेको  आर्मी अफिसर्स क्लब १८ वर्षयता विभिन्न पार्टी तथा कार्यक्रमहरु आयोजनाका लागि पब्लिकलाई पनि भाडामा दिने गरिएको छ।

तत्कालीन प्रधानसेनापति प्रज्वल शसशेर जबराको कार्यकालयता आर्मी अफिसर्स क्बल पब्लिकलाई पनि भाडामा दिने थालिएको हो। स्रोतका अनुसार भदौ १ गते पछाडिका लागि गरिएका सम्पूर्ण बुक आर्मीले रद्द गरेको छ। आर्मीका एक उच्च अधिकारीले आर्मी अफिसर्स क्लब पब्लिकका लागि बन्द गर्ने तयारी भइरहेको बताउँदै निर्णय नै भने नभएको जिकिर गरे।

‘पब्लिकलाई भाडामा दिँदा संवेदनशील क्षेत्रमा बढी भीडभाड भयो भन्ने एउटा निष्कर्श होला। अर्को चाँहि हाम्रा आन्तरिक कार्यक्रमहरु गर्न पनि ठाउँ चाहिएकाले यस्तो तयारी भएको हुन सक्छ’,ती अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने। क्लबमा दुई वटा हल छन्।

एउटा हल पब्लिकलाई भाडामा दिएबापत एक दिनको ७५ हजार रुपैयाँ लिने गरिएको छ। यसैगरी आर्मीलाई नै दिँदा एक दिनको १० हजार रुपैयाँ लिने गरिएको छ।

पब्लिकलाई हल दिन बन्द गर्ने निर्णय पछि एउटा हल जुनियर अफिसर्स र अर्को हल सिनियर अफिसर्सका लागि कार्यक्रम तथा पार्टी आयोजना गर्न दिने तयारी छ।

यतिबेला नेपाल आर्मीले  काठमाडौँ-तराई द्रुतमार्ग  ‘फास्ट ट्रयाक’ आफैले बनाईरहेको छ। लामो विवादपछि सरकारले नेपाल आर्मीलाई फास्ट ट्रयाक बनाउने ठेक्का दिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?