अहिले नै ढुक्क भइहाल्ने स्थिति छैनः मुख्यमन्त्री थापा

अहिले नै ढुक्क भइहाल्ने स्थिति छैनः मुख्यमन्त्री थापा
+
-

झापा – कोशी प्रदेशका मुख्य मन्त्री उद्धव थापाले आफू मुख्यमन्त्री पदमा नियुक्त भएर शपथ ग्रहण गरे पनि खुशी भइहाल्नु पर्ने स्थिति नरहेको बताएका छन्।

नेपाली कांग्रेस झापाद्वारा शनिबार आयोजित स्वागत–सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापाले नेकपा एमालेलगायतका दलको विरोधका बाबजुद आफू मुख्यमन्त्री पदमा नियुक्त भए पनि अरु लडाइँ बाँकी नै रहेकाले खुशी व्यक्त गर्नुपर्ने स्थिति नरहेको बताएका हुन्।

उनले विश्वासको मत नपाइन्जेल ढुक्क हुने स्थिति नरहेको बताए। कोशी प्रदेशमा नयाँ सरकार गठन संविधानविपरीत भएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतको ढोका ढक्ढक्याएको परिस्थितिमा मुख्यमन्त्री थापाको यो भनाइ आएको हो।

उनले भने, ‘तपाईंहरूले गरेको स्वागत-सम्मानप्रति आभारी छु। तर, लडाइँ अझै बाँकी रहेकाले ढुक्क भएर स्वागत तथा सम्मान थाप्ने स्थिति छैन।’

आगामी एक महिनाभित्रमा विश्वासको मत लिनुपर्ने र आफूलाई प्रदेशसभामा विश्वासको मत प्राप्त हुने मुख्यमन्त्री थापाले विश्वास व्यक्त गरे।

‘३० दिनपछि विश्वासको मत प्राप्त भएपछि पदीय जिम्मेवारी सुरु हुनेछ,’ थापाले भने, ‘बहुमत प्राप्त भएपछि गठबन्धन दलको सरकारले ४ बर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नेछ।’

विश्वासको मत प्राप्त भएपछि जनअपेक्षा र स्थानीय आवश्यकताका आधारमा छलफल गरेर बजेटमार्फत सम्बोधन गर्ने उनले धारणा राखे।

सबैको सद्भाव र इच्छाशक्तिका कारण आफू मुख्यमन्त्री बनेको र यो सबैको उपलब्धी भएको उनको भनाइ थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?