आजैदेखि लागू हुनेगरी हवाई भाडा वृद्धि

आजैदेखि लागू हुनेगरी हवाई भाडा वृद्धि
+
-

काठमाडौँ – आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका छन् ।

नेपाल वायुसेवा सञ्चालक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुनेगरी मूल्य अभिवृद्धि कर उठाउने जनाएको हो ।

सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ ।

‘सरकारबाट बजेट वक्तव्यमार्फत अनिवार्य गरेको उक्त व्यवस्था अनुसार यस सङ्घमा आवद्ध सम्पूर्ण वायुसेवा कम्पनीले आजदेखि लागू हुने गरी हवाई भाडा दरमा नै समावेश गरी मूल्य अभिवृद्धि कर उठाइने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

एयरलाइन्सले मूल्य अभिवृद्धि कर उठाएसँगै आन्तरिक उडानको हवाई भाडा केही वृद्धि हुने एयरलाइन्सले जनाएका छन् ।

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आन्तरिक उडानको हवाई भाडा ६ प्रतिशतसम्म बढ्नेछ । ‘इन्धन र विमानस्थल कर पनि भ्याटसहितको लिने गरिएको छ, यसमा थप अतिरिक्त शुल्क लाग्दैन’, प्रवक्ता बर्तौलाले भने ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?