सेनाको संख्या घटाउनुपर्ने अभिव्यक्ति दिएकी राष्ट्रियसभा सांसद विमला पौडेल राईले आफ्नो भनाइ सच्याएकी छन्। बिहीबार राष्ट्रियसभामा यसअघि उनले व्यक्त गरेको सेनाको संख्या घटाउनुपर्ने भनाइ घुमाउरो रुपमा फिर्ता लिएकी हुन्।असार २६ गते रक्षा मन्त्रालयको बजेटबारे जिज्ञासा राख्दै सांसद राईले नेपालका लागि ८०/९० सेना आवश्यक नै नभएकाले घटाउनुपर्ने बताएका थिइन्। उनको भनाइको चातर्फी विरोध भएपछि राईले ‘आफूले संख्या घटाउनु नै पर्छ भनेर नबोलेको’ दाबी गरेकी हुन्।
चौतर्फी आलोचनापछि सांसद राईले सच्याइन् सेनाको संख्या घटाउने विवादास्पद अभिव्यक्ति
अ
+
अ
अ
-