नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्वीन्टलभन्दा बढी सुन भित्रिएको घटनामा सरकारको मिलोमतोको आशंका गरेका छन्।
०००
काठमाडौँ महानगरपालिकाको नगर प्रहरीको ज्यादतीविरुद्ध काठमाडौँका फुटपाथमा व्यापार गर्नेहरुले प्रदर्शन गरेका छन्।
०००
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दुई/तीन दिन निरन्तर वर्षाको सम्भावना रहेको छ।
०००
आज विश्व बाघ दिवस। दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ।
०००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाघलगायत दुर्लभ वन्यजन्तुका प्रजाति संरक्षणमा नेपालले अग्रणी राष्ट्रका रूपमा विश्वभर पहिचान राख्न सफल भएको बताएका छन्।
०००
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारी र कमिसनखोरलाई कानुनी दायरामा ल्याएरै छाड्ने प्रतिवद्धता जनाएका छन्।
०००
ललितपुर महानगरपालिकाले जावलाखेलस्थित सदर चिडियाखानामा सटल बसको व्यवस्था गर्ने भएको छ।
०००
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपामा आवद्ध हुनु भनेको उम्मेदवार बन्नु नभएको बताएका छन्।
०००
महिला विश्वकप फुटबलमा युरोपियन प्रतिद्वन्द्वी इटालिमाथि गोल वर्षा गर्दै स्वीडेन एक खेलअगावै नकआउट चरणमा प्रवेश गरेको छ।
०००
स्विटज्रल्याण्डको प्रसिद्ध म्याटरहर्न हिमनदी नजिकै मानव अवशेषहरू फेला परेका छन्, जसमा एक जर्मन पर्वतारोहीको शव रहेको छ।