
झापा – झापाको कनकाई नगरपालिका- ४ कोटीहोममा आज बिहानको राति पिकअफ भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ।
सोही ठाउँका ३५ वर्षीय शम्भु लिम्बुको उपचारका क्रममा बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
मे ३ प ७०७९ नम्बरको मोटरसाइकलमा सवार मामा-भाञ्जालाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको नम्बर खुल्न नसकेको पिकअप भ्यानले ठक्कर दिएको थियो।
ठक्कर दिने पिकअफ भ्यानको खोजी भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार अर्का सागर लिम्बुको भने अवस्था सामान्य रहेको छ। मोटरसाइकलमा सवार पछाडि बस्ने मामाको मृत्यु भएको हो।