बन्दका कारण कोशी प्रदेशमा यातायात प्रभावित

बन्दका कारण कोशी प्रदेशमा यातायात प्रभावित
+
-

झापा – राष्ट्रिय जनमुक्ति पार्टीसहित छ वटा घटकले आज कोशी प्रदेश अन्तर्गत लिम्बुवान क्षेत्र बन्दको घोषणा गरेका कारण पूर्वमा यातायात क्षेत्र प्रभावित भएको छ ।

बन्दका कारण सडकमा सार्वजनिक यातायातका साधन गुडेका छैनन् भने शिक्षण संस्थाहरूसमेत बन्द भएका छन् ।

ऐतिहासिक सन्धी सम्झौतालाई कार्यन्वयनसहित कोशी प्रदेश पुनःनामाङ्कन गर्न दवाब स्वरुप आज  एकदिने बन्दको घोषणा गरेको लिम्बुवानबादी संगठनहरूले जनाएका छन् ।

पहिचानबादीहरु तथा लिम्बुवानी जनताको स्वतन्त्रता र सार्वभौमिकता गुमेको दिनको रुपमा स्मरण गर्दै वर्तमान कोशी आन्दोलनको परिपूरककै रुपमा स्थापित गर्ने उद्देश्यका साथ बन्दको घोषणा गरिएको राष्ट्रिय जनमुक्ति पार्टीसहित छ घटका नेता एलबी पालुङ्वाले जानकारी दिए ।

नेपालको राजनीतिमा संघीयता र जातीय मुक्तिको एजेण्डालाई प्रमुख रुपमा उठान गर्दै आएको राष्ट्रिय जनमुक्ति पार्टीले ०६६ साल साउन २२ गतेबाट बि.स. १८३१ को लिम्बुवान गोर्खा सन्धि धोका हो भन्दै कालो दिवसको रुपमा लिम्बुवान बन्द गर्दै आएको छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?