पारसले ल्‍याए माटो र मुटुको गीतिसंग्रह ‘धरोहर’

+
-

काठमाडौं-सञ्‍चारकर्मी पारस नेपालले राष्ट्रिय गीतहरुको संग्रहीत एल्बंम धरोहर लिएर आएका छन्। विहीबार राजधानीको पर्यटन बोर्डमा  आयोजित कार्यक्रमकाबीच एल्बम ‘धरोहर’ लोकार्पण गरिएको थियो।

लोकार्पणमा बोल्‍दै संगीतकार जुगल डंगोलले पाँच वर्षको प्रयासपछि धरोहरलाई ल्‍याउन सफल भएको बताए। उनले भने, ‘ पाँच वर्षपछि माटो र मुटु छुने गीतहरु ल्‍याए। हामी संगीतकर्मीहरु गीत र संगीत ल्‍याइरहेकै हुन्छौ। तर यो एल्बंम मेरो संगीत करियरमा विशेष लाग्छ।’ सञ्‍चारकर्मीहरुले कलमले लेखेर मात्र होइन अब संगीत आकाशलाई थप मजबुत बनाउन संगीतलाई स्वरबद्ध गरेर धरोहलाई बचाउनु/जोगाउनु गौरवको कुरा भएको बताए।

यस्तै वरिष्ठ गायक प्रेमध्जव प्रधानले शब्‍द रचना, स्वर र संगीतको समिश्रण ज्‍याँदै उत्कृष्ट भएको बताए । उनले भने, ‘ गीतमा देश बोलेको छ। संगीत र शब्‍दहरुलाई गाउनेले न्‍याय गरेका छन्। अब आउँदा दिनमा नयाँ पुस्ताले हाम्रा धरोहरहरलाई जोगाइराखून।’ उनले देशमा अहिले दाजुभाइको सम्बन्धमा समेत तिक्तता आइरहेकाले गीतमार्फत पारसले मिल्‍नु पर्ने सन्‍देश दिएको बताए।

माटो र मुटु बोल्‍ने गीतहरुले आफूलाई थप ऊर्जाशील र सन्‍देश दिएको प्राध्यापक एवं लेखक अभि सुवेदीले बताए। उनले भने, ‘देशमा के के अनर्थ भइरहेको बेलामा भने माटो र मुटुका गीतहरु खुलेर सुन्‍न पाएँ। म आन्दित भए। नयाँ सन्‍देश मात्रै होइन स्वर दिने श्रष्ठाले दाजुभाईको सम्‍बन्धलाई नजिकबाट नियालेर सबैलाई मिल्‍नुपर्ने पाठ पठाएका छन्।’ देशमा परिवर्तनका स्वरहरु खुलेर गाउन सक्‍ने खुबी भएका गायक पारस भएको बताउँदै उनले माटो र मुटु बोल्‍ने गीत र संगीतहरु अझै आउनु पर्नेमा उनको जोड थियो।

कार्यक्रमको अन्तिममा सबैप्रति आभार प्रकट गर्दै सञ्‍चारकर्मी तथा गायक पारस नेपालले सबैको साथ सहयोग र मायाले आफू माटो र मुटुका भावनाहरुलाई गीतमा समेट्‍न सकेको बताए। उनले भने, ‘ मेरो एक्लो प्रयासबाट होइन यसमा सबै एक एक इटाको साथ छ। राष्ट्रकविदेखि फूलमानबलसम्‍म। अनि विशेषगरी संगीत भरेर स्वर र शब्दमा न्‍याय गरिदिनुहुने संगीतकारप्रति।’ उनले  एल्बम  विक्रीबाट आएको  रकमको १० प्रतिशत सुनसरी,बराह-६ चकरघट्टीमा रहेको  भानू आधारभूत विद्यालयलाई दिने बताए।  साथै उनले आगामी दिनमा यस्तै राष्ट्रिय भावनाका गीतहरु श्रोता-दर्शकमाझ लिएर आउने वाचा गरेका थिए।

पारस नेपालको स्वर रहेको एल्बममा पाँच वटा गीत रहेका छन्। जसमा राष्ट्रकवि माधव प्रसाद घिमिरे, क्षेत्रप्रताप अधिकारी, दिनेश अधिकारी, अमन मास्के र फुलमान वलका शब्द रचनाहरु समेटिएका छन्। गीतमा जूगल डंगोलले संगीत दिएका छन् भने परम्परा म्युजिकले एल्बमलाई बजारमा ल्‍याएको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?