नातामा दाजु पर्नेहरूले मेचीनगर ८ का सुन्दर किसानको हत्या गरेः प्रहरी

नातामा दाजु पर्नेहरूले मेचीनगर ८ का सुन्दर किसानको हत्या गरेः प्रहरी
+
-

झापा- झापा मेचीनगर-८ का सुन्दर किसानको हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

नातामा दाजु पर्ने ती दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ।

पक्राउ परेका रामजी किसान र कुकरसिंह किसानले सुन्दरको हत्या गरेर भारततर्फ भागेको र उनीहरूलाई नेपाल फर्काएर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

प्रहरीका अनुसार बिहीबार र शुक्रबार अनुसन्धानका लागि ल्याइएका १५ जनामध्ये ती दुईजनालाई नियन्त्रणमा लिएर बाँकी सबैलाई छाडिएको छ ।

प्रहरीले बिहीवार घटनास्थलबाट रड भेटेको थियो। शुक्रबार सोही ठाउँको नजिकै सिक्कल (हतियार) भेटेको थियो। सो सिक्कल पक्राउ पर्नेहरुको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

किसानको शव विहीबार बिहान मेचीनगर–८ स्थित प्रगतिशील र मुनिया टोलको सीमानामा रहेको पैनीको झाडीमा भेटिएको थियो ।

वडा नम्बर ८ स्थित सेन्ट्री टोलका ४३ वर्षीय किसान पैनीको झाडीमा मृत अवस्थामा भेटिएपछि स्थानीयबासीले प्रहरीलाई खवर गरेका थिए।

मृतक किसानले मजदुरी गरेर परिवार पालिरहेका थिए। उनी गाउँमै ज्याला मजदुरी काम गर्थे।

आरोपितहरू र मृतकबीचमा लामो समयदेखि पारिवारिक रीसइवी रहेको र आरोपितहरूले सुन्दरलाई मार्ने नियतले बेलुकापख पैनीको कल्भर्टमा धारिलो हतियार (सिकल) र खन्तीसहित ढुकेर बसेका प्रहरीले जनाएको छ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?