नारायणी अस्पतालको एमआरआई मेसिन प्रयोगविहीन, निजीमा महँगो शुल्क तिर्नुपर्ने बिरामीको बाध्यता

नारायणी अस्पतालको एमआरआई मेसिन प्रयोगविहीन, निजीमा महँगो शुल्क तिर्नुपर्ने बिरामीको बाध्यता
+
-

वीरगञ्ज – वीरगञ्जको नारायणी अस्पतालमा जडान गरिएको एमआरआई मेशिन सञ्चालन नहुँदा बिरामीले चर्को मूल्य तिरेर एमआरआई गराउनुपर्ने बाध्यता रहेको छ।

सस्तो मूल्यमा एमआरआई सेवा दिनको लागि सरकारी अस्पताल नारायणीमा एमआरआई जडान भए पनि उक्त मेशिन हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन।

नारायणी अस्पतालको एमआरआई सञ्चालन नहुँदा बिरामी तथा सेवाग्राहीहरुले भने चर्को मूल्य तिरेर निजी अस्पतालमा एमआरआई गराउनुपर्ने बाध्यता रहिआएको छ। नारायणीमा जडान गरिएको एमआरआई साउनको अन्तिम हप्तासम्म सञ्चालनमा आउने भनिए पनि उक्त मेशिन हालसम्म पनि थन्किएर बसको छ।

सरकारी अस्पतालको एमआरआई सञ्चालन नहुँदा निजी अस्पतालमा १२ देखि २० हजारसम्म शुल्क तिरेर एमआरआई गराउनुपर्ने बाध्यता रहेको वीरगञ्जका जितेश शर्माले बताए।

कमजोर आर्थिक अवस्था भएकाहरु बिरामी पर्दा प्रायः सरकारी अस्पताल नै जाने गरेका छन्। नारायणी अस्पतालमा गरिब,असहाय बिरामीहरुको बढी चाप हुने गरेको छ।त्यसमा पनि जटिल र महँगो पर्ने एमआरआई गर्नुपर्ने भएपछि नारायणी अस्पतालमै उक्त सेवा नहुँदा बढी खर्च गरेर बाहिरबाट एमआरआई गर्नुपर्ने पर्सा बहुदरमाई नगरपालिका ३ का सन्तोष साहको भनाइ छ।

करोडौँ रकम खर्च गरेर नारायणी अस्पतालमा एमआरआई मेशिन खरिद गरि जडानसमेत भइसकेको छ। तर, उक्त मेशिन भने अहिलेसम्म पनि सञ्चालन भएको छैन। ६ महिना पहिले हिलियम ग्यासको कारणले सञ्चालन हुन नसकेको एमआरआई मेशिन अहिले पर्याप्त विद्युतको कमीका कारण थन्किएर रहेको छ।

अस्पतालले भाडामा जेनेरेटर लिएर भए पनि अबको केही दिनमा नै एमआरआई मेशिन सञ्चालन गर्न लागेको नारायणी अस्पतालका फिजिसियन एवं सूचना अधिकारी डा.उदय नारायण सिंहले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?