विप्लवले प्रधानमन्त्रीकै अगाडि भनेः अहिलेकै अवस्थामा एमसिसी लागू हुन दिन्नौँ

विप्लवले प्रधानमन्त्रीकै अगाडि भनेः अहिलेकै अवस्थामा एमसिसी लागू हुन दिन्नौँ
+
-

बुटवल – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम ‘विप्लव’ले अमेरिकी सहायता परियोजना (एमसीसी) अहिलेकै अवस्थामा कार्यान्वयन हुन नदिने बताएका छन्।

मंगलबार बुटवलमा समाजवादी मोर्चाको सभालाई सम्बोधन गर्दै उनले एमसीसी परियोजनाविरुद्ध आफ्नो पार्टी कडाइका साथ लाग्ने बताएका हुन्। एमसीसी परियोजना भोलि (बुधबार)देखि कार्यान्वयनमा ल्याइँदैछ।

प्रधानमन्त्री पुष्पकमल दाहालकै अगाडि उनले भने, ‘नेपालको कानुन, सार्वभौमिकता मिचेर अगाडि बढ्न दिँदैनौँ। नेपाललाई निस्वार्थ सहयोग गर्नेको हामीले विरोध गरेको होइन तर सर्तसहितको सहयोग हामीलाई चाहिँदैन। समाजवादी मोर्चाले त्यसलाई स्वीकार गर्दैन, अहिलेको अवस्थामा एमसीसी अगाडि बढ्न सक्दैन। यसमा प्रधानमन्त्रीको ध्यान जाओस्।’

विश्वमा नै समाजवादविरुद्ध हमला भइरहेकाले त्यसविरुद्ध एक्लै लडेर जान नसकिने भएकाले अहिलेको मोर्चा बनेको उनको भनाइ छ। उनले समाजवादी मोर्चाको बचाउ गर्दै अहिलेको आवश्यकताले यो गठन भएको दाबी गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?