एमसिसीबारे माधव नेपालको टिप्पणीः सहयोगका नाममा चीनलाई घेराउ गर्ने योजना स्वीकार्य हुन्न

एमसिसीबारे माधव नेपालको टिप्पणीः सहयोगका नाममा चीनलाई घेराउ गर्ने योजना स्वीकार्य हुन्न
+
-

बुटवल – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहायता परियोजना (मिलेनियम च्यालेन्ज कर्पोरेसन) एमसीसीमा केही अनुचित कुराहरू बाँकी रहे नेपाली जनतालाई जानकारी गराउन आग्रह गरेका छन्।

मंगलबार समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले अमेरिकाले आर्थिक सहयोगका नाममा राखेका अनुचित स्वार्थ मान्न नसकिने बताए।

‘कसैको आर्थिक सहयोग लिँदा राखिएका अनुचित सर्त स्वीकार्नु हुँदैन। एमसीसीलाई आईपीएससँग जोड्ने कुरा हामी स्वीकार्दैनौँ’, नेता नेपालले भने, ‘त्यो भनेको चीनलाई घेराउ गर्ने अरु देशलाई शत्रु घोषणा गर्ने योजना हो।’

नेता नेपालले नेपालका कुनै पनि देश शत्रु नभएको भन्दै नेपालको संसद्ले व्याख्यात्मक टिप्पणीमार्फत एमसिसी पास गरेको भन्दै त्यसमा नेपाल कुनै पनि सैनिक गठबन्धनमा जान नसक्ने उल्लेख गरिएको बताए।

‘एमसीसी यथावत् पास हुने अवस्थामा पुगेकाले संसद्‌बाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पास गरेका हौँ,’ उनले भने, ‘अनुचित कुरा बाँकी छन् भने हामीले पास गरेको कुरालाई अमेरिकाले अस्वीकार गरेको हो भने प्रधानमन्त्रीजी जनतालाई जानकारी गराउनुस्। गठबन्धनलाई भन्नुस्, मोर्चालाई भन्नुस्।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?