उच्च शिक्षाका लागि विदेश जाने तयारीमा रहेका झापाका जेसिका र सनम सँधैका लागि अस्ताए

उच्च शिक्षाका लागि विदेश जाने तयारीमा रहेका झापाका जेसिका र सनम सँधैका लागि अस्ताए
+
-

झापा – उच्च शिक्षा अध्ययनका लागि विदेश उड्ने तयारीमा रहेका झापाका दुई जना युवा सवारी दुर्घटनामा परी सँधैका लागि अस्ताएका छन् ।

उच्च शिक्षा अध्ययनका लागि जापान जाने तयारीमा रहेकी झापा बाह्रदशी गाउँपालिका- ५ की १८ वर्षीया जेसिका सिग्देलको बुधबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी निधन भएको हो ।

बिहीबार दिउँसो झापाको चारपाने– राजगढ भित्री सडकअन्तर्गत झापा बाह्रदशी ५ को घोडामारा चोक नजिक मोटरसाइकल दुर्घटनामा परि बाह्रदशी ३ का २२ वर्षिय सनम हेमरमको निधन भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनी क्यानडा जाने अन्तिम तयारीमा रहेका उनका साथीहरूले बताएका छन् ।

उनको भिजा पनि आइसकेको र एक/दुई दिनमै उनी क्यानडा उड्ने तयारीमा रहेका थिए ।

बुधबार साँझको दुर्घटनामा परी मृत्यु हुने १८ बर्षिया किशोरी सिग्देल जापान जाने तयारीमा थिइन् । उनी महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनी बिर्तामोडबाट कक्षा १२ को परीक्षा उत्तीर्ण गरी उच्च शिक्षाका लागि जापान जान आफ्ना शैक्षिक कागजात पुर्‍याएर विराटनगरबाट फर्किँदै गर्दा झापामा दुर्घटनामा परेकी थिइन् ।

उनी सवार मोटरसाइकललाई विपरीत दिशाबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । उनलाई अस्पताल पुर्याउने बितिक्कै चिकित्सकले मृत घोषणा गरेका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?