झापाको मेचीनगरमा कचल्टिएको कर्मचारी विवाद पुनः सतहमा, विरोधमा उत्रिए वडाध्यक्षहरू

झापाको मेचीनगरमा कचल्टिएको कर्मचारी विवाद पुनः सतहमा, विरोधमा उत्रिए वडाध्यक्षहरू
+
-

झापा – विगत लामो समयदेखि कचल्टिएको झापाको मेचीनगर नगरपालिकाको कर्मचारीको विवाद फेरि सतहमा आएको छ ।

कर्मचारीको मनोमानी बढेको भन्दै वडाध्यक्षहरूनै अहिले उनीहरूको विरोधमा उत्रिएका छन् ।

वरीयताको विषयमा कर्मचारीहरूबीच विवाद हुँदा त्यसको असर वडाका योजनाहरूमा परेको र उपभोक्ता समितिहरू समेत प्रत्यक्ष मारमा पर्दा काम प्रभावित भएको भन्दै वडाध्यक्षसहितका जनप्रतिनिधिहरू आन्दोलनमा उत्रनु परेको मेचीनगर ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए ।

वडा नं. १० का वडाध्यक्ष नारायण खनाल र वडा नं. १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले सोमबार नगरपालिकाको मुख्य प्रवेशद्वारमा नै पत्रकार सम्मेलन गरेर कर्मचारीहरूको कार्यशैलीको विरोध गरेका छन् ।

वडाध्यक्ष कार्कीले भने, ‘केही दिन अघि कर्मचारीले तलब भत्ता खाए । तर धान पाक्ने बेला भइसक्यो अहिले पनि गत आर्थिक बर्षको वडाले पाउनुपर्ने भुक्तानी पाइएको छैन ।’

उनले आइतबारसम्म पनि वडाको समस्या समाधान नभए नगरपालिका कार्यालयमा नै हलचल मच्चाइदिने चेतावनी दिए ।

निर्वाचित जनप्रतिनिधिलाई नै असफल बनाउने गरी कर्मचारी लागेको वडाध्यक्षहरूले बताएका छन् । वडा नं १० का वडाध्यक्ष नारायण खनालले कर्मचारीका कारण नगरवासी र आफूहरूले धेरै दुःख पाएको बताए ।

मेचीनगर नगरपालिकामा कहिले प्रमुख प्रशासकीय अधिकृत नटिक्ने कहिले आन्तरिक कर्मचारीको बरीयताका विषयमा विवाद रहँदै आएको छ । जस्को प्रत्यक्ष मार जनताले भोग्नु परिरहेको छ ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?