निशान खड्काको हत्यापछि आक्रोशित र दुखी उनका हजुरबा

+
-

काठमाडौं- पेप्सीकोलाबाट ठिमि जाँदा आउने पुल अघि बायाँतर्फ गएको बाटोबाट करिब तीन सय मिटर अगाडि बढेपछि सोमबार एक वृद्ध मानिस बन्द सटरको छेवैमा रहेको गेटमा चिउँडोमा हात राखेर बसिरहेका देखिए।

उनीसँगै जोडिएको तीन तलाको घर सुनसान थियो। भुइतलामा रहेका दुवै सटर बन्द थिए। हिलाम्मे सडकको सामुन्नेमै रहेको त्यस घरमा ती वृद्ध कसैलाई कुरिरहेका जस्तो देखिन्थे।  आइतबार अपहरणमा परि हत्या गरिएका ११ वर्षीय बालक निशान खड्काका मामलतिरका हजुरबा मिनप्रसाद सापकोटालाई अाँखै अगाडि नाचिरहेको नातिको हत्या भयो भन्ने पत्यार नै लागेको छैन।

‘मेरो घर अलिक परे भएनि हरेक दिनजसो म छोरीकोमा अाउँथे, दिनभरी बस्थेँ। साँझ परेपछि जान्थे। नाति हजुरबा भन्दै लुटपुटिन्थ्यो’, गहभरी अाँशु भएका मिनप्रसाद भावविह्वल देखिए। परिवारका एकमात्र छोरा हुन् निशान्। सिन्धुपाल्चोकबाट काठमाडौं संघर्ष गर्न खड्का परिवार करिब एक दशकअघि काठमाडौं छिरेको थियो।

सन्तानकै लागि निशानका बुबा ३/४ वर्षअघि वैदेशिक रोजगारीमा गएका थिए। दुई दिदीहरु बानेश्वरमा बसेर पढ्दै थिए। बुबा वैदेशिक रोजगारीमा रहेकाले आमाको साथमा निशान थिए। बन्द सटरमध्ये एउटामा निशानकी आमाले खाजा पसल सन्चालन गर्छिन्। सटरकै पछाडिको कोठामा उनीहरु बस्छन्। अपहरणकारीले त्यहीँ खाजा खान आउने क्रममा निशानलाई अपहरण गर्ने योजना बनाए।

‘बेलुका एक्कासी नाति हरायो भन्ने कुरा आयो। हिजो भने म नाति आउनु अघि नै घर फर्किसकेको थिएँ। होहल्ला भयो। नौ बजेतिर छोरीलाई फोन गरी ४० लाख फिरौती मागे। त्यसपछि कहाँ कसरी ल्याउनै भन्दाभन्दै मोबाइल स्विचअफ गरे। त्यत्रो पैसा कहाँ थियो र त्यही पनि खोजिन्थ्यो होला’, मिनप्रसाद भक्कानिए।

‘ ज्वाइँ त्यही छोराका लागि विदेश गएका थिए। छोरी त्यही सन्तानका लागि यत्रो दुख गरिरहेकी थिई। आफूलाई खान त नेपालमै बसेर पनि पुगिहाल्थ्यो नि’, मिनप्रसादले भने। तीन वर्षको विदेश बसाइपछि छुट्टीमा आएका निशानका बुबा एक वर्षअघि पुन विदेश लागेका थिए। यता उनकी आमा खाजा पसल सन्चालन गरेर दैनिक गर्जो टार्दै आएकी थिइन्। करिब ६ महिना अघि मात्र निशानको परिवार त्यस घरमा डेरा सरेको थियो।

‘हत्याराहरु मरेछन्। तर हातखुट्टा काटेर छाड् दिनुपर्थ्यो। अझै दुई जना बाँकी छन् रे। अब तिनीहरु मलाई दिउन्। म दुवैको हात खुट्टा काटेर म जेल जान्छु। मलाई कसैले समाउनु पर्दैन। आत्माको सन्तुष्टि नै स्वर्ग हो’, मिनप्रसादले भने।

निशानकी आमाले खाजापसल सञ्चालन गरेको सटर।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?