भारतबाट ल्याइएका मरेका माछा बिर्तामोड नगर प्रहरीले खाडल खनेर पुर्‍यो

भारतबाट ल्याइएका मरेका माछा बिर्तामोड नगर प्रहरीले खाडल खनेर पुर्‍यो
+
-

झापा- बिर्तामोड नगर प्रहरीले बरामद गरेको मरेका माछा नष्ट गरेको छ। नगर प्रहरीको गस्ती टोलीले प्रतिबन्धित भारतीय मरेका ७० किलो माछा बिर्ता बजारबाट बिहीबार बरामद गरेको थियो।

रहु र ताम्पत जातका मरेका माछा स्थानीय व्यवसायी मदन माझी र दिलिप माझीले बिक्री गर्दै गरेको अवस्थामा नगर प्रहरीले फेला पारेपछि नियन्त्रणमा लिएको जनाइएको छ।

कानुनी प्रक्रिया पूरा गरी बरामद गरिएको माछा खाल्डो खनेर पुरिएको नगर प्रहरीका सहकमाण्डर टंकप्रसाद तिम्सिनाले जानकारी दिए।

बिर्तामोड नगरपालिका क्षेत्रभित्र मरेका अस्वस्थकर माछा बिक्री वितरण पूर्णरूपमा प्रतिबन्ध छ।

चाडवाड नजिकिएसँगै लुकीछिपी अस्वस्थकर माछा बिक्री वितरण हुनसक्ने भन्दै नगर प्रहरीले सक्रियता बढाएको छ।

नगर प्रहरीले यसअघि पनि ठूलो परिमाणमा प्रतिबन्धित माछा नियन्त्रणमा लिएर नष्ट गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?