
काठमाडौँ – काठमाडौँमा आयुर्वेदसम्बन्धी फिजियोथेरापी सेवा सञ्चालनमा आएको छ।
शनिबार नेपालका लागि मलेशियाका राजदुत मोहम्मद फिरदौस अजमानले काठमाडौँको लाजिम्पाटमा निरभाना फिजियोथेरापी एण्ड वेलनेश सेन्टरसो सेन्टरको उद्घाटन गरेका हुन्।
आयुर्वेदसम्बन्धी नेपाली र चिनियाँ पुराना उपचार विधिसमेत एकैठाउँबाट सेवा पाउने गरी निरभाना फिजियोथेरापी एण्ड वेलनेश सेन्टर स्थापना गरिएको त्यसका अपरशेन तथा मार्केटिङ विभाग प्रमुख स्वर्णिम सुवालले जानकारी दिए।
सो सेन्टरमा फिजियोथेरापीको अलवा आयुर्वेदिक आयल थेरापी पनि गरिन्छ। सेन्टरले आफ्नो सेवा लिएबापत २ सय रुपैयाँदेखि ३ हजारसम्म शुल्क लाग्ने पनि जनाएको छ। सेन्टरका अनुसार यो शुल्क काठमाडौँमा रहेका फिजियोथेरापी मध्ये सबैभन्दा सस्तो हो। यसमा चाईनिज अकुपञ्चार विधिबाट पनि उपचार गर्ने गरिन्छ।