
झापा – झापाको दमकका रहेको मेची बहुउद्देश्य सहकारीमा काम गर्ने कर्मचारी मेघराज राउतले दमकको एक होटलमा आत्महत्या गरेपछि अनुसन्धानका लागि एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
राउतले आत्महत्या गर्नुअघि ‘सुसाइट नोट’ लेखेर छोडेकोले त्यसबारेमा अनुसन्धान गर्न एक महिलालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीको नियन्त्रणमा रहेकी महिलाको बारेमा केही खुलाइएको छैन।
प्रहरीले आत्महत्या दुरुत्साहन गर्ने व्यक्ति तथा समूहको नजिकबाट पहिचान गर्ने काम गरिरहेको जनाएको छ। मृतकका परिवारका सदस्यबाट प्रहरीले जाहेरी माग गरेको बताइएको छ।
राउत मेची सहकारीमा कर्जा शाखामा काम गरेका कर्मचारी थिए। राउतका श्रीमती र नाबालिग छोरी रहेका छन्।