
झापा- नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका सहायक प्रशिक्षक तथा पूर्व राष्ट्रिय खेलाडी प्रवेश कटुवाललाई मातृशोक परेको छ।
सैनिक युथ क्लब झापाका उपाध्यक्षसमेत रहेका कटुवालकी आमा इन्द्रमाया कटुवालको हिजो साँझ ७ बजे उपचारको क्रममा बिर्तामोडस्थित मनमोहन अस्पतालमा निधन भएको हो। उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिइन्।
२०१५ सालमा जन्मिएकी इन्द्रमायाका प्रवेश र गणेश गरी दुई छोरा, एक छोरी र श्रीमान् छन्। एक छोरीको पहिल्यै निधन भइसकेको जनाइएको छ।
कटुवाल परिवारको स्थायी बसोबास बिर्तामोड १० स्थित सैनिक बजारमा रहेको छ।