दिनभरिका १० मुख्य समाचार ॥ २०८० असोज ९

+
-

सर्वोच्च अदालतले प्राकृतिक सम्पदा, घाट जलक्षेत्र, वन जंगलको संरक्षणका लागि मापदण्ड तोक्ने अधिकार स्थानीय तहलाई नभएको व्याख्या गरेको छ।

०००

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराई तथा पूर्वमुख्यसचिव लिलामणि पौड्यालविरुद्ध किन मुद्दा नचलाएको भन्दै सर्वोच्च अदालतले सरकारका नाममा मंगलबार कारण देखाऊ आदेश जारी गरेको छ।

०००

वीरगञ्जमा रहेको मनोज ग्यास उद्योगले गैरकानुनी रुपमा सिलिन्डर जडान गरेको पाइएको छ।

०००

समिट एयरले दोस्रो उडान गरेर राराबाट चिकित्सकलाई नेपालगञ्ज ल्याएको छ । चिकित्सकलाई अलपत्र पारेर माओवादीका नेतालाई बोकेको भन्दै चर्को विरोध भएपछि समिटले दोस्रो उडान गरेर चिकित्सकलाई नेपालगञ्ज ल्याएको हो ।

०००

मणिपाल कलेज अफ मेडिकल साइन्सेजले डाक्टरमाथि भएको आक्रमण र कुटपिटले उपचार गर्ने मनोबल समाप्त भएको बताएको छ।

०००

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्वास्थ्यकर्मीहरुलाई देशभित्रै बस्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेका छन्।

०००

नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय सहकार्य र साझेदारी गर्ने सहमति भएको छ।

०००

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सडक व्यापार व्यवस्थापन गर्ने काम महानगरको नभएको बताएकी छन्।

०००

कोशी प्रदेश सरकारका नवनियुक्त स्वास्थ्यमन्त्री तिलकुमार मेन्याङ्बोले पदीय जिम्मेवारी वहन गरे पनि सरकारी निवास सर्न पाएका छैनन्।

०००

बंगलादेशमा यस वर्ष हालसम्म एक लाख ८७ हजार ७२५ जनामा डेंगीको संक्रमण देखिएकोमा ९०० भन्दा बढीको मृत्यु भएको स्वास्थ्य विभागले आइतबार जनाएको छ।

०००

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’