
मध्यछाती जब गरुङ्गो भएर दुख्छ
देब्रे पातो र चिँउडोमा दुखाइ फैलिन्छ।
स्वाँस्वाँ भै लाग्छ, बेहोसिने चक्कर
सम्झनु हृदयघातको यिनै हुन लक्षण।
सबका मुटुमा छन्, रक्तधमनी साना
चिल्लो, गुलियो, अस्वस्थकर खाना।
नगरी कसरत, गर्ने धूमपान नाना
रक्तनलीमा जम्छ कोलेस्टेरोल दाना।
रक्तचाप राख्नपर्छ नियन्त्रणमा ठिक्क
खानुपर्छ औषधी, भए निराश दिक्क।
चिनीरोगको बिरामीले नखानू है मिठो
यिनै कारणले हुन्नसक्छ घात मुटुको।
दुखाइ भए छातीमा तुरुन्त जानू अस्पताल
ग्यास्टिक भयो भनी नखानू अनेक झोलमाल।
ईसीजी भन्ने हुन्छ एउटा परीक्षण
गरिहालौं भए हृदयघातको लक्षण।
एस्पिरिन, स्टाटिन छन् दबाइका प्रकार
तुरुन्त हालौं स्टेन्ट, जो छ स्प्रिंगको आकार
हृदयघात हुँदैमा हुन्न अन्त्य जीवनको
हेल्चेक्र्याइँ गरे हेर बाटो लाग्छ मरणको।
(डा. दाहाल मुटुरोग विशेषज्ञ हुन्।)