नेपाल नै रहन्न कि भन्ने स्थिति छ: विप्लव

नेपाल नै रहन्न कि भन्ने स्थिति छ:  विप्लव
+
-

झापा- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाल २१औँ शताव्दीको उपनिवेश बन्न लागेको बताएका छन् ।

समाजवादी मोर्चाले बुधवार झापाको बिर्तामोडमा गरेको सन्देश सभालाई सम्बोधन गर्दै उनले मुलुक अत्यन्तै जटिल अवस्थामा रहेको बताएका हुन् ।

‘नेपाल देश नै रहन्छ कि रहन्न भन्ने स्थितिमा छ, यदि हामीले जथाभावी यति कै छाडिदियौँ भने नेपाल देश नै कता पुग्छ भन्ने अवस्थामा पुगेको छ,’ उनले भने ।

नेपालमा विदेशी सेनाहरु प्रत्यक्ष आउने अवस्थामा पुगेको, साम्राज्यवादी देशका सेनाको ठूलाठूला हवाइजहाज काठमाण्डौमा आउने र तीनले ल्याएका सामानहरु बिना जाँच गाडीमा राखेर लगिने गरेको उनले बताए ।

साम्राज्यवादी मुलुकहरुले नेपाललाई सैनिक अखडा बनाउन लागेको उनको भनाइ थियो । नेपालको इतिहासमा अहिले नेपाल अत्यन्तै जोखिमपूर्ण स्थितिमा रहेको उनले बताए।

उनले अमेरिकालगायत अन्य केही मुलुकहरूले नेपालमा द्वन्द्व सिर्जना गर्न खोजिरहेको आरोप लगाउनुभयो । यही मौकामा अहिलेको परिवर्तन नचाहनेहरूले परिवर्तन उल्ट्याउन खोजिरहेको विप्लवको भनाइ थियो । तर परिवर्तन नचाहनेहरूलाई नेपालका कम्युनिष्टहरूले तह लगाउने उनले बताए ।

विप्लवले भने, ‘यहाँका मान्छे मरेका छैनन् । जनयुद्ध मरेको छैन । अहिलेको परिवर्तनलाई उल्ट्याउन खोज्नेहरू पानीको फोका जस्ता हुन् । नेपालका कम्युनिष्टलाई नजरअन्दाज नगर्नु होला ।’
राजनीतिक दललाई देशमा विदेशी शक्तिहरूको हस्तक्षेपका विषयमा गम्भीर हुन उनले आग्रह गरे । अहिलेको संविधान अग्रगामी भए पनि अपुरो रहेको उनको भनाइ थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?