एमाले नेता बस्नेतको कार्यक्रममा सहभागी नेताहरूका सवारीसाधन तोडफोड

एमाले नेता बस्नेतको कार्यक्रममा सहभागी नेताहरूका सवारीसाधन तोडफोड
+
-

झापा – झापाको अर्जुनधारामा नेकपा एमालेका नेता महेश बस्नेत उपस्थित कार्यक्रमका सहभागी एमाले नेता तथा कार्यकर्ताका सवारी साधनका सिसा फुटाइएको छ।

एमाले नेता बस्नेत प्रमुख अतिथि रहेको कार्यक्रम बिथोल्न पूर्वका पहिचानवादी तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकहरू तोडफोडमा उत्रिएका हुन्।

युवा संघको कार्यक्रम चलिरहेका बेला एमाले नेता तथा कार्यकर्ताले पार्किङ गरेर राखेका सवारी साधन उनीहरूले तोडफोड गरेका हुन्।
बिहीबार अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन थियो।

सोही कार्यक्रममा सहभागी हुन गएका नेता कार्यकर्ताको गाडी तोडफोड भएको हो। तोडफोडबाट सात वटा गाडीका सिसा फुटेको प्रहरीले जनाएको छ।

तोडफोडमा संलग्न बिर्तामोडका एक पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पक्राउ परेका व्यक्तिको नाम भने प्रहरीले खुलाएको छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?