महेश बस्नेत उपस्थित कार्यक्रममा भएको सवारीसाधन तोडफोडमा संलग्न थप एक जना पक्राउ

महेश बस्नेत उपस्थित कार्यक्रममा भएको सवारीसाधन तोडफोडमा संलग्न थप एक जना पक्राउ
+
-

झापा- झापाको अर्जुनधारामा नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेत उपस्थित कार्यक्रममा सवारीसाधन तोडफोड गर्ने थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत बिहीबार झापाको अर्जुनधारामा एमाले नेता बस्नेत प्रमुख अतिथि रहेको युवा संघको नगर अधिवेशनको उद्घाटन सत्रको कार्यक्रममा भएको गाडी तोडफोडको घटनामा संलग्न भएको आरोपमा मडिकल व्यवसायी दुर्गा प्रसाईंका कट्टर समर्थक विजय चौधरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, अनारमनी बिर्तामोडले जनाएको छ।

केही समयअघि तिनै चौधरीले बिर्तामोडमा आफैं पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका थिए। उनले शरीरमा दुर्गा प्रसाईंका ट्याटु बनाएका छन्।

सवारीसाधन तोडफोड भएकै दिन बिर्तामोडका बिक्रम लिम्बूलाई प्रहरीले पक्राउ गरेको थियो।

१३ वटा चारचक्के र ८ वटा दुई चक्के सवारीसाधनमा क्षति पुगेकाले क्षतिपूर्तिको मागसहित दोषीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २८५ बमोजिम कार्वाही गर्नुपर्ने पीडितहरुले उजुरी दिएपछि चौधरीसमेत पक्राउ परेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?