दसैँ नेपालीहरूको साझा चाड होः ओली

दसैँ नेपालीहरूको साझा चाड होः ओली
+
-

झापा – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दसैँ नेपालीहरूको साझा चाड भएको बताएका छन्।

आफ्नै आयोजनामा गृह जिल्ला झापाको बिर्तामोडमा शुक्रबार गरिएको दसैँ, तिहारलगायत चाडहरूको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले अरुबेला आफन्तसंग मनमुटाव भए दसैँले त्यस्ता मनमुटावलाई खोलिदिने बताए। उनले अन्य संस्कृतिभन्दा नेपाली मौलिक संस्कृति उच्चकोटीको भएको बताए।

ओलीले भने, ‘कहिलेकाहीँ अन्य देशका संस्कृतिले हामीलाई प्रभाव पारेको देखिन्छ। तर हाम्रा चाडहरू विशिष्ट किसिमका छन्। दसैँको टिको लगाएपछि सबै मनमुटाव हराइदिने चाड हो दसैँ।’

अन्य बेला विपक्षी दलका नेतृत्वलाई कटाक्ष गर्ने ओलीले दसैँ शुभकामना आदानप्रदान कार्यक्रममा दसैँको विशिष्टता र शुभकामनाका शब्द मात्र व्यक्त गरे।

कार्यक्रममा बोल्दै पार्टीका उपाध्यक्ष विष्णु पौडेलले दसैँको मुखमा थेग्नै नसक्ने गरी महँगी बढेको बताए। एकातिर उल्लासका साथ दसैँ मनाउनुपर्ने अवस्था छ भने अर्कातिर आर्थिक भारले जनतालाई गाँजेको उनको भनाइ थियो।

कार्यक्रममा राप्रपा झापाका अध्यक्ष केशव ओझा, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईं तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य धर्मशीला चापागाईंले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा बालन गीत प्रस्तुत गरिएको थियो भने मेरो भ्वाइस युनिभर्सका विजेता भारतको सिक्किम निवासी प्रीतम राईले गीत प्रस्तुत गरेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?