राष्ट्रपति पौडेलद्वारा पलान्चोक भगवतीको दर्शन तथा पूजाअर्चना

राष्ट्रपति पौडेलद्वारा पलान्चोक भगवतीको दर्शन तथा पूजाअर्चना
+
-

काभ्रे – राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीको शुभअवसरमा पलान्चोक भगवतीको दर्शन तथा पूजाअर्चना गरेका छन् ।

राष्ट्रपति पौडेलसँग प्रथम महिला सविता पौडेल पनि पूजाअर्चनामा सहभागी थिइन् । राष्ट्रपति पौडेल पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न आइतबार बिहान पाँचखाल पुगेका हुन् ।

बड़ादशैंका अवसरमा महाअष्टमीको दिन राष्ट्र प्रमुखले पलान्चोकसहित नव दुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ ।

काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका –९ स्थित पलाञ्चोक भगवतीको मन्दिर नेपालमा रहेका भगवतीको मन्दिरमध्ये सबैभन्दा पुरानो मन्दिरको रुपमा परिचित छ ।

पलाञ्चोक भगवतीको मन्दिर करिब एक हजार ६ सय ५५ वर्ष पहिले अर्थात् इस्वीसंवत् ४२५ सालमा निर्माण भएको हो । पलाञ्चोक भगवतीलाई दुर्गा भगवतीको जेठी दिदीको रुपमा समेत लिने गरिन्छ ।

जिल्लाको बुच्चाकोट भन्ने स्थानमा रहेको पलाञ्चोक भगवतीको मूर्ति एक रात स्थानीय बृद्धको सपनामा प्रकट भइ आफू रहेको स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेको किम्वदन्ती छ ।

भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हालको मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र भोलिपल्ट बिहान त्यहाँबाट मूर्तिलाई अन्यत्र लैजान स्थानीय ६० घरधुरीको मद्दतबाट पनि भगवतीको मूर्ति बोक्न नसकेपछि सोही स्थानमा राखी पूजाआजा गर्दैआएको किम्बदन्ती रहेको मन्दिरका पुजारी शैलेश्वर बज्राचार्यले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?