
काठमाडौँ – आज देशभरको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
नेपालमा पश्चिमी वायुको प्रभाव रहेकाले केही पहाडि भू-भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
महाशाखाका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।