काली मन्दिरमा दसैंमा बलीबाट ४ लाख रुपैयाँ भन्दा बढी रकम संकलन

काली मन्दिरमा दसैंमा बलीबाट ४ लाख रुपैयाँ भन्दा बढी रकम संकलन
+
-

विराटनगर – विराटनगरको काली मन्दिरमा यसपटकको दसैंमा बली चढाउदाँ ४ लाख रुपैयाँ भन्दा बढी रकम संकलन भएको छ।

काली मन्दिर ब्यवस्थापन समितिका अनुसार दसैंको छैटौं दिनबाट सुरु भएको बली चढाउने कार्य दशमीसम्म पुग्दा ४ लाख ३४ हजार रुपैयाँ  रकम संकलन भएको हो ।

समितिका अध्यक्ष सन्नी कामतका अनुसार यसपटक १ सय रुपैयाँको दरमा २ हजार २ सय ३५ वटा बोकाको बली चढाइएको छ ।

विभिन्न भाकल गरेको भक्तजनहरुले काली मातालाई बोकाको बली चढाउदाँ २ लाख २३ हजार ५ सय रुपैया संकलन भएको कामतले जानकारी दिए ।

त्यसैगरि, हाँस तथा कुखुराबाट २ लाख १० हजार रुपैयाँ संकलन भएको छ । यस क्रममा ४ हजार २ सय १० वटा हाँस कुखुरा बली चढाइएको उनको भनाइ छ ।

प्रत्येक वर्ष दसैंका समय विराटनगरसहित आसपासका क्षेत्रबाट सयौंको संख्यामा भक्तजनहरु बली चढाउन मन्दिर पुग्ने गरेकााछन् । यसअघि गतवर्ष दसैंमा बली चढाउने क्रममा मन्दिरमा ३ लाख ५२ हजार १ सय ५० रुपैयाँ संकलन भएको थियो ।

गत वर्ष १ हजार ६ सय ६८ वटा बोका, ३ हजार ७ सय ७ वटा हाँस तथा कुखुराको बली चढेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?