दसैंको अवसरमा झापाको गरामनीमा आयोजित मेलामा सन्थाल नृत्य (तस्बिरहरू)

दसैंको अवसरमा झापाको गरामनीमा आयोजित मेलामा सन्थाल नृत्य (तस्बिरहरू)
+
-

झापा – पूर्वी तराईमा सन्थाल नाचले दसैंको रोनक बढाउने गरेको छ ।

जब सन्थाल नाच सडक, गाउँ तथा गल्लीहरूमा देखिन थाल्छ तब मात्र दसैं आएको अनुभूति हुन्छ ।

बुधबार सोही अनुभूति गराउन झापाको गरामनी बजारमा सन्थाल समुदायका पुरुषहरूको विभिन्न समूहले आफ्नो समुदायको मौलिक नाच प्रस्तुत गरेका छन् ।

पूर्वी नेपालका झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने आदिवासी सन्थाल जातिले दसैंका बेलामा गर्ने विशेष प्रकारको नृत्य लोप हुने अवस्थामा पुगेको छ ।

सन्थाल जातिका मानिसहरु आर्थिक अभावका कारण विस्थापित हुने क्रम जारी रहेकाले उनीहरुको विशेष प्रकारको नृत्य पनि लोप हुन लागेको बताइन्छ ।

सन्थाल अग्रजहरु भने आफ्नो मौलिक संस्कृति नै हराउन लागेकोमा चिन्तित छन् । उनीहरु भन्छन् सन्थाल युवाहरुमा यो नृत्यप्रति चासो घट्दो क्रममा छ ।

टाउकामा नेपालको राष्ट्रिय झण्डा, एकै प्रकारका पहिरनमा कछाड र कुर्ता लगाई शरीरका अंगहरु हल्लाउंदै एक नासले गरिने सन्थाल नृत्य अरु नृत्यहरु भन्दा पृथक छ ।

विजयादशमीको भोलिपल्ट गरामनीमा सन्थाल नाचको मेला लाग्ने गरेको छ । विगतका बर्षहरूमा विभिन्न कारणबाट सोचेजस्तो मेला नलाग्ने गरेकोमा यसपटक भने सन्थाल समुदायका पुरुष खुलेर नाचेका थिए ।

तस्बिरहरूः

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?