मलेरिया उन्मुलन गर्न दक्षिणपूर्वी एशियाली देशहरुबीच आपसी सहकार्य आवश्यकः स्वास्थ्यमन्त्री बस्नेत

मलेरिया उन्मुलन गर्न दक्षिणपूर्वी एशियाली देशहरुबीच आपसी सहकार्य आवश्यकः स्वास्थ्यमन्त्री बस्नेत
+
-

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मलेरिया उन्मुलन गर्न दक्षिणपूर्वी एशियाली देशहरुबीच आपसी सहकार्य आवश्यक रहेको बताएका छन् ।

दक्षिणपूर्व एशिया क्षेत्रीय समन्वय संयन्त्र फोरम (एसआरसिएमएफ) को आयोजनामा शुक्रबारदेखि राजधानीमा सुरु भएको मलेरिया उन्मुलनका लागि दक्षिण पूर्वी एशियाका सांसदहरुको योजना तथा तयारीका लागि प्राविधिक समितिको बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले आपसी सहकार्यमा जोड दिएका हुन् ।

खुला सिमाना र बसाईसराईका कारण पनि मलेरिया उन्मुलन चुनौतिपूर्ण भएको उल्लेख गर्दै मन्त्री बस्नेतले सबैको सहकार्य भए सन् २०३० सम्म दक्षिण पूर्वी एशियाबाट मलेरिया उन्मुलन गर्न सकिने बताए ।

मलेरिया उन्मुलनका साथै स्वास्थ्यका अन्य नीति र कानून बनाउने सर्वोच्च निकाय संसद भएकाले विभिन्न देशका सांसदहरुबीच हुने अनुभव आदान प्रदान र छलफलले यो क्षेत्रबाट मलेरिया उन्मुलनका लागि महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले दक्षिण पूर्व एशियाका ११ वटै देशको दृढ सहकार्य भएको अवस्थामा सन् २०३० सम्म यो क्षेत्रबाट मलेरिया उन्मुलन गरिछाड्ने बताए ।

विगत ५० वर्षदेखि मलेरिया उन्मुलनको क्षेत्रमा लागेको भए पनि पूर्ण सफलता पाउन नसकेको तर आउँदो छ वर्षमा भने त्यो सफलता प्राप्त गरिनेमा डा. पोखरेलले जोड दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?